२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

पर्खालले किचेर बालकको मृत्युः प्रदर्शन जारी

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

न्यूजमधेश सम्बादाता
सप्तरी ,१८ असार। भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ ।

उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको पर्खालको गारो भत्किएर बालकमाथि खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनुभयो । वर्षाको पानीले समेत भिजेर घरको गारो कमजोर भएको हुनसक्ने उहाँले बताउनुभयो ।

घटनास्थलमै बालकको शव राखी गाउँलेहरु र मृतकका परिवारका सदस्यहरुले प्रदर्शन गरिरहेका छन् । खडक नगरपालिकाबाट लापरवाहीयुक्त काम भएको भन्दै प्रदर्शनकारीहरुले घटनाको जिम्मा लिन र उपभोक्ता समितिका पदाधिकारीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

उनीहरुले क्षतिपूर्तिको माग राखी शव उठाउन नदिएपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय कडरबोना, इलाका प्रहरी कार्यालय कल्याणपुर र सशस्त्र प्रहरीको टोली पुगेको छ । ठूलो सङ्ख्यामा परिचालित टोलीले चालकलाई पक्राउ गरी हदैसम्मको कारवाही गर्ने र अन्य आवश्यक प्रक्रियाका लागि पहल गर्ने बताए पनि प्रदर्शन जारी छ ।

छबिल मण्डलको अध्यक्षतामा गठित उपभोक्ता समितिले असारको अन्तिम समयमा नगरपालिकाकै लोडर र स्काभेटर लिएर हतारहतार काम गर्न खोज्दा बालकको ज्यान गएकाले उपभोक्ता समितिका अध्यक्षलगायतलाई कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

काम गर्ने बेलामा उपभोक्ता समितिका पदाधिकारीहरु उपस्थित नरहेको र काममा खटाइएका रोलर, स्काभेटरका चालकका साथै मजदूरले समेत पर्खाल भत्किएर बालक च्यापिँदासमेत वास्ता नगरेको स्थानीयवासीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]