२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

बर्थिङ सेन्टर निर्माणको विषयमा झडपहुदा एक जनाको कानै काटियो

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असार।धनुषा जिल्बलाको विदेह नगरपालिकामा र्थिङ सेन्टर निर्माणको विषयमा दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको रुप लिएको छ ।झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ ।

विदेह नगरपालिका वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । तर वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आइरहेका छन् । वडा नम्बर २ का बासिन्दाले भने त्यसको विरोध जनाउँदै आइरहेका छन् ।

बर्थिङ सेन्टर निर्माणको विषयमा यी दुई वडाबीच बिहीबारदेखि नै झडप हुँदै आइरहेको छ ।शुक्रबार बिहान पनि बर्थिङ सेन्टर निर्माणको विषयमा भएको विवादले उग्र रुप लिएपछि भिडलाई नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

कार्कीले भने, ‘बिहीबार पनि दुवै पक्षलाई सम्झाई बुझाई गरेर फर्केका थियौं । तर भवन निर्माणको विषयमा शुक्रबार पनि दुवै पक्षले आ-आफ्नो अडान राखेर विवाद गर्न थाले । दुवै पक्षबीच भएको विवादले उग्ररुप लिएपछि अश्रु ग्यास र हवाई फायर गरेर भिडमा नियन्त्रणमा लिन बाध्य भएका हौं ।’

कार्कीका अनुसार विवाद गर्ने समूहले दुहबी सीमा प्रहरी चौकीमा समेत ढुँगामुढा गर्न थालेपछि ६ राउण्ड अश्रु ग्यास र ३ राउण्ड हवाई फायर गर्नु परेको हो ।

झडपमा एक जनाको कानै काटियो

बर्थिङ सेन्टर निर्माणकाे विषयलाई लिएर भएको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । दुबै पक्षले एकअर्कामाथि ढुँगा समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार अहिले यस ठाउँको अवस्था नियन्त्रणमा रहेको र बर्थिङ सेन्टर निर्माणबारे दुवै पक्षबचि छलफल भइरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]