३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

मधेशी नेता नै मधेशी जनताको राजनितिक शिकार : नेता सुरेन्द्र मधेशी

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

कमल कुमार मण्डल
राजविराज, २० असार ।मधेशी नेता नै मधेशीहरुको राजनैतिक शिकार रहेको जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले आरोप लगाएका छन् । नागरिकता विधेयक विरुद्धमा शुक्रवार अयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएको हो ।

विदेशी महिलासगँ नेपालीले बिहे गरेमा महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने ल्याएको विधेयको विरोधमा जनमत पार्टी सप्तरीद्धारा राजविराजमा प्रदर्शन सहित प्रधानमन्त्रीको पुतला समेत दहन गरिएको छ ।

स्थानिय हरिनन्देश्वर शिव मन्दिरको प्रांगनबाट निकालिएको विरोध प्रदर्शनमा विभेदकारी नागरिकता विधेयक खारीज गर, अधिकार खोस्न पाईदैन, मधेशी एकता जिन्दावाद, रंगको आधारमा विभेद गर्न पाईदैन, मधेशी सहिद जिन्दावाद जस्ता नाराहरु लागाउँदै त्रिभुवन चौक हुँदै नगरलाई परिक्रमा गर्दै शहिद दशन चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै पार्टीका नेताहरुले यो नागरिकता विधेयक नसच्याएमा हामीले कडा आन्दोलनमा उत्रिने बताए । योे नागरिकता विधेयक मधेश विरोधी रहेको दावी गरे । कोरोना भाइरसको समयमा मधेशी जनतालाई सडकमा उत्रिन सरकारले बाध्य गरिएको जनमत पार्टी सप्तरीका इन्चार्ज तथा वरिष्ठ नेतृत्व मण्डलका सुचना प्रमुख सुर्यदेव यादवले बताए ।उनी यो नागरिकता विधेयकलाई घोर भात्सर्ना गर्दै,ैं उक्त विधेयक फिर्ता लिन आग्रह समते गरे ।

कोणसभा अघि पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुतला दहन गरिएको थियो । प्रहरीले पुतला दहन गर्ने क्रममा सामान्य अवरोध पुर्याएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय समितिको उपाध्यक्ष र गैर आवासिय मधेशी संघ कतारको प्रतिनिधि सुरेन्द्र  यादवले हामीले विभिन्न देशहरु भ्रमण गरेपनि, कुनैपनि देशमा यस्ता विधेयक नभेटिएको बताए । यो नागरिकता विधेयक विभेदकारी रहेको भन्दै यसलाई सच्याउन माँग गरे ।

जनमत पार्टी सप्तरीका संयोजक चन्देश्वर मण्डल (किसान)को अध्यक्षतामा अयोजना गरिरएको कोणसभामा अनिस अंसारी, उसमान मंसुरी, शुशिला यादव, शंकर खडगा्, मनोज यादव, आलोक यादव, जुलेखा विवि, मदनेश चौधरी, रमेश प्रसाद यादवलागायकतका पार्टीका नेता तथा कार्यक्रताहरुले नगरिकता विधेयकको विरुद्धमा आ आफनो धारणा राखेका थिए । कोणसभाका उद्घोषण तिर्थानन्द यादवले गरे भने, स्वागत मन्तव्य नारायण यादवले व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]