१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

मधेशभर नागरिकता विधेयकको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला जलायो ( फोटो फिचर )

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकात विधेयकको विरुद्धमा प्रदेश २ का अस्थाय राजधानी जनाकपुरसहित मधेशभर शुक्रबार नागरिकता विधेयकको प्रतिलिती र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ।

सरकारले ल्याएको नागरिकता विधेयक मधेसविरोधी भएको भन्दै शुक्रबार प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको हो।पुतला जलाउन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। यद्यपि ठूलो संख्यामा रहेका जनमतका नेता तथा कार्यकर्ताले विधेयकको प्रतिलिपि र प्रधानमन्त्री ओलीको पुतला जलाउन सफल भएको थियो।

विधेयकमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान छ।

सो प्रावधान मधेसविरोधी रहेकाले स्वीकार गर्न नसक्ने भन्दै जनमत पार्टीले निरन्तर आन्दोलन आइरहेको पार्टी का धनुषा इन्चार्ज अनिता साहले बताएकी छिन ।

नागरिकता संशोधन विधेयक विरुद्ध जनमत पार्टीले मधेशका प्रत्यके जिल्लामा शुक्रबार विधेयकको प्रतिलिपि र प्रधानमन्त्रीको पुतला जलाएको पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादवले बताए ।

नेता यादवले भने अहिले आन्दोलनको टेलर मात्र चलिरहेको छ । यदि सरकारले विधेयक सचियएन भने देशमा ठुलो दुर्घटना हुन् सक्छ । त्यसैले नेपाल सरकारलाई विधेयक यथासिघ्र सचियाउन आग्रह समेत गरेका छन् ।

नागरिकता विधेयकको विरुद्धमा जनमत पार्टीद्वारा  विरोध प्रदर्शनसहित  प्रधानमन्त्री केपी ओली शर्माको पुतला जलाएको छ ।दृश्यहरु यस्तो छ ।

विरोध सभा सम्बोधन गर्दै सप्तरीमा जपाका केन्द्रीय सदस्य ई सुरेन्द्र यादव

सिरहाको मिर्चैयामा भएको विरोध प्रदर्शनपछी कोणसभालाई  सम्बोधन गर्दै जनमत पार्टी मिर्चैया नगरपालिकाको  नगर संयोजक पटबारी ठाकुर

सिरहाको औरही गाउपालिकामा जनमत पार्टीका युवा विद्यार्थी  नेताहरु प्रधानमन्त्री ओलीको पुतला जलाउदै !

रौतहटमा नागरिकता विधेयक विरुद्ध जनमत पार्टीको  शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तछेप गरेको छ !

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]