२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

कुर्थामा ११ बर्षीया बालिकाको बलात्कारपछि हत्या

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० असार । जनकपुरधाममा एक जना बालिकाको बलात्कारपछि हत्या गरिएको छ । बुधबारदेखि हराइरहेकी जनकपुरधामकी एक बालिकाको शुक्रबार शव फेला परेको छ । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था निवासी ११ बर्षीया बालिका कञ्चन पजियारको शव शुक्रबार मध्यान्ह फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार भैंसी चराउन निस्किएकी बालिकाको शव घरदेखि झण्डै १ किलोमिटर दूरीमा रहेको दूधमति खोला छेउमा फेला परेको धनुषा प्रहरीले जनाएको छ । उनको बलात्कारपछि हत्या गरेको देखिएको स्थानीयले बताएका छन् ।

उनको शव अर्धनग्न अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रबक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

उनको बलात्कारपछि हत्या गरिएको हो, होइन भन्न सन्दर्भमा तत्कालै केहि भन्न नसकिने उनले बताए । ‘पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य कुरा खुल्छ’ उनले भने ।

कार्कीले बालिका हराएको सूचना पाए लगत्तै बिहीबारदेखि नै प्रहरी खटिएको र शुक्रबार उनको शव फेला परेसँगै अन्य अनुसन्धानलाई तिब्र पारिएको बताए ।

बुधबार दिउँसो भैंसी चराउन गएकी बालिका सो दिन साँझसम्म नफर्किएपछि उनको खोजी तिब्र पारिएको थियो । बालिका भेटाउन नसकेपछि उनको परिवारले प्रहरीमा पनि खबर गरेका थिए । त्यसपछि प्रहरी पनि खोजीमा जुटेको थियो ।

बालिकाको बलात्कार पश्चात हत्या गरिएको पाइएपछि उनको परिवारमा रुवाबासी भएको छ । छिमेकीहरु समेत शोकमग्न भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]