२२ भाद्र २०८१, आइतबार
08-09-2024 , Sun
×

मेयर साहले गरे सहिद गेटको शिलान्यास

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० असार।जनकपुरधाम उपमहानगरपालिकाद्वारा शहिदहरुको सम्मानमा जनकपुरधामको उतरी प्रवेशद्वारा मुजेलियामा भब्य शहिद गेटको निर्माण सुरु गरिएको छ।

जनकपुरधामका मेयर लाल किशोर साहले निर्माण कार्यको शिलान्यास आज गर्नुभएको छ।

करिव ३ करोडको लगानीमा मधेश आन्दोलनका शहिदहरु नितु यादव, दिलिप यादव र संजय चौधरीको अन्तयेष्टी समेत गरिएको छेउ मुजेलिया स्थित राजमार्गमा जनकपुरधाम प्रवेशका लागि भब्य शहिद गेटको निर्माण हुन लागेको छ ।

१७ फिटको भगवान श्री रामको प्रतिमा समेत रहने सो प्रवेशद्वारको तिनवटा पिलरहरु माथी तिनै शहिदहरुको प्रतिमा रहने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]

कञ्चनपुर, १८ भदौ। जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ […]