०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

नेकपा पार्टीभित्रको समस्या समाधान गर्न नयाँ एकता गर्नुपर्छ ः नेता पौडेल

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डौ,२० असार । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा सांसदसमेत रहनुभएका पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि ‘नयाँ आधारमा नयाँ एकता’ हुनुपर्छ भन्नुभयो ।

उहाँले पार्टी भित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरताभन्दा पनि ‘साइड होमवर्क’हरु गरी बैठकलाई टुङ्गो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल र वरिष्ठ नेताहरु पनि गृहकार्यमा रहेको स्पष्ट पार्नुभयो । उहाँले नेकपालाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाउँदै आफूहरुलाई फुट र विभाजन कुनै पनि हालतमा स्वीकार्य नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “फेरि पनि पदको निम्ति मात्रै छलफल गरेर जनताले छुट दिँदैनन्, कम्युनिष्ट पार्टी स्थापनाको यो ७० वर्षको इतिहासमा धेरै जना साथीहरुको योगदान छ । त्यो कुरालाई कसैले पनि नजरअन्दाज नगरौँ ।” पार्टीभित्र अहिले देखिएको समस्या हल गर्ने प्रमुख दायित्व र जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको भएको उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]