२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

नागरिकता विधेयक बिषयमा गठबन्धन बनाएर सहकार्य गर्न डा राउतद्वारा अन्य पार्टीसंग आग्रह

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० असार । जनमत पार्टीले नागरिकता विधेयकको बिषयलाई लिएर गठबन्धन बनाएर एकीकृत आन्दोलन गर्न आन्दोलनरत दलहरुसँग आग्रह गरेको छ ।

यही अलग अलग छिन्न भिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण आन्दोलनकारी शक्तिहरुको बृहत गठबन्धन बनाएर सहकार्य गर्न उनले आह्वान गरेका हुन् । यसरी अगाडि बढ्दा नै अधिकार आन्दोलनलाई निर्णायक बनाउन सकिने उनको तर्क छ ।

‘यसो गर्न सकिए मात्रै जनताको हक अधिकार सुनिश्चित गर्न सकिने भएकाले संयुक्त अधिकार आन्दोलन मोर्चामा सहभागी हुनका लागि हार्दिक अनुरोध गर्दछौं’ डा. राउतले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, “बृहत गठबन्धनको नाम, एजेन्डा तथा आन्दोलनका कार्यक्रमहरु आपसी छलफलबाट टुँगो लगाइनेछ ।”

कोरोना महामारीको बन्दाबन्दी रहेको मौका छोपेर गैर जिम्मेबार, असंवेदनशिल र षड्यन्त्रकारी प्रबृत्ति देखाउँदै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता ऐन संशोधन विधेयकसहित सरकारका अन्य कतिपय निर्णय तथा गतिविधीहरु मधेशी, आदिवासी, जनजाती, दलित, मुश्लिम र अल्पसंख्यकसहित उत्पीडित वर्गका जनताहरुले दशकौदेखि पटक–पटक गरेका आन्दोलनहरु र त्यसबाट संस्थागत भएका उपलब्धीहरुप्रति प्रतिगामी तथा जनचाहना विपरित रहेको राउतले ठहर गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]