०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

संचार विधेयकविरुद्वको आन्दोलनमा राज्य मन्त्रीदेखि सांसदसम्मको समर्थन

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, २३ असार । प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विद्येयक खारेजको माग गर्दै प्रदेश सभा अगाडि संचारकर्मीहरु प्रदर्शन गरेका छ्न् ।

नेपालको संविधान भन्दा पनि निरंकुश रहेको भन्दै संचाकर्मीहरुले विद्येयक विरुद्ध प्रदेश सभा अगाडी सोमबार प्रर्दशन गरेका हुन् । प्रदेश २ सरकारले प्रदेशसभावाट पारित गरेको सञ्चार विद्येयक राणकालीन कठोरता अपनाएको भन्दै उनीहरु प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

पत्रकार विपी साहको नेतृत्वमा सञ्चारकर्मीहरुले सञ्चार विद्येयकमा १० हजार देखि २० हजार सम्म जरिवाना र सञ्चार समाग्री जफतको प्रावधान निरंकुश रहेको भन्दै निरन्तर विरोध गर्दै आएका छन् । पत्रकार साहका अनुसार नेपालको संविधान भन्दा समेत प्रदेश सरकारको बिधेयक निरंकुश र प्रेस स्वतन्त्रता विरोधी रहेको बताए ।

उनले नेपालको संविधानमा समेत सञ्चार उपकरण जफत गर्ने अधिकार कसैसंग नरहेको स्मरण गराउदै प्रदेश सरकारले गलत मनशायले यो प्रावधान राखेकाले स्वीकार गर्न नसकिने बताए ।

राष्ट्रिय दलित पत्रकार संघ धनुषा अध्यक्ष कुलदिप दास, खोजकेन्द्र डट कमका सहसम्पादक सिबेन्द्र रोहिता, कुलदिप दास केडी, तराई टाइम्सका शुभाष कुवर, हाम्रो जनकपुर डट कमका शम्भु पण्डितसहितका संचारकर्मीहरु प्रदर्शनमा सहभागी भएको थियो।

उक्त आन्दोलनलाई नेकपाकी सांसद मन्जु यादव, जनता समाजवादी पार्टीका सांसद विदेश्वर प्रसाद यादव ९बिक्री ०, सुरिता साह, उद्योग पर्यटन बन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डल र भूमी, व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवसमेत समर्थन जनाएको छ ।

यसअघि पनि प्रदेश २ का विभिन्न जिल्लामा सञ्चार विधेयकको प्रतिलिपी जलाएर पत्रकारहरुले विरोध जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]