१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

अस्त ब्यस्त लाहान र प्रहरीको भुमिका

Logo
प्रकाशित बुधबार, आषाढ २४, २०७७

सिरहा, २४ असार । कोभिड १९ (कोरोना भाईरस) महामारीको पुर्वाद्ध देखि नेपाल प्रहरीले खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको छ । लकडाउन जारी हुनुभन्दा केही दिन अगाडि ईलाका प्रहरी लाहानको कमान्ड सम्भाल्न आएका डिएसपी शरत थापा क्षेत्रीको सक्रियता देखि भित्रका जवानहरू लगायत स्थानीय युवा समेत प्रभावित भए । थापाको अथक निगरानीले नगरवासीमा सुरक्षाको प्रत्याभूति गरायो। हाईवेको पेटीमा सडक ऐन विपरीत बनाईएका घर टहरा हटाउन समेत उनको अहम भुमिका रहयो । अवैधानिक बाटोमा हिडि आय आर्जन गर्ने कतिपयले आफ्नो पेशा समेत परिवर्तन गरे । तस्करहरुको ढाँड भाँचियो । चोरी पैठारीमा लाग्नेहरु सतर्क भए । अपराधको वृद्धिदर ओरालो लाग्यो । एक पछि अर्को सकारात्मक कार्यगर्दै डिएसपी थापाले निकै चर्चा कमाए । कतिपय मिडियाले त उनको सम्मानमा “डिएसपी थापाको अर्को धमाका/ फेरि धमाका/ अर्को जलवा आदी…” भन्ने शिर्षक समेत राखी समाचार सम्पादन गरे।

धेरै कम समयमा चर्चाको शिखरमा पुगेका डिएसपी थापाका केहि कार्यवाही प्रक्रियाले असन्तुष्टिको पहाड निर्माण गरेको छ । धेरैजसो स्थानीयवासीले थापाको कार्यशैलीमाथि आशंका समेत गर्न थालेका छन । ‘रोल मोडेल’ हुनलागेको डिएसपी थापा माथी  हाल आएर असंख्य प्रश्नहरू तेर्सिएको छ । कुनै पार्टी विशेषलाई बढी ग्राहयता दिदै गरेको समेत आरोप रहेको छ ।

असन्तुष्टिको ज्वारभाटा
१. तत्कालीन समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष प्रयाग यादव अनुसार केही दिन अगाडि सखुवानन्कारकट्टी गा.पा मा बोक्सीको आरोपमा एक महिला उपर  हातपात भयो । उक्त घटनाका मुख्य पात्र राजेन्द्र प्रसाद यादवका सहयोगी अमित यादव माथी अभद्र मुद्दा चलाईयो । बोक्सीको आरोपमा कुटाई खाएकी कला चन्द्र देवी यादव का सहयोगी श्याम यादव समेत ४ जना माथी ज्ययान मार्ने मुुुद्दा चलाईयो । पीडित कलाचन्द्र कि भतिजो पर्ने श्याम यादव थुनछेकमा ६ महिना देखि कारागारमा रहेको छ । उता कलाचन्द्रले बोक्सीको आरोप लगाएको भन्दै निवेदन दिन जाँदा निवेदन दर्ता गर्न मानेनन् । अन्तिममा उनी हुलाक द्वारा जाहेरी दिई परमादेश गराईन । नेता यादवले उक्त घटनाको सनाखत भईसकेपनी नेकपा नेताकार्यकर्ताको दवावमा कार्यवाही स्थगन भएको जस्तो छ ।
२. प्रयाग यादवको अनुसार, सखुवा कै अर्को गाउँ पैनडुम्मीमा असार ४ गते  ७० वर्षीय जगविर यादव र उनका धर्मपत्नी तेतरीलाई केही स्थानीय युवाले निर्घात कुटे तर राजनैतिक दवावमा दुर्भाग्यवश पिडितकै छोरा थुनियो ।
३. त्यसैगरी लाहान स्थित ब्लड बैंकको कर्मचारी सुनिल यादवलाई एक युवासमुहले साधारण विवादमा टाउको फुटायो तर ती युवाहरूलाई कार्यवाही गरिएन ।
४. केहि दिन अगाडि (नेपाली काङ्ग्रेस निकटतम मानिने) लाहानको एक प्रतिष्ठित ब्यापारी पवन मुन्दडालाई म्याद नाघेको मैदा बेचेको भन्दै ईप्रका लाहानको टोलिले गिरफ्तार गर्यो । उनी ३ लाख धरौटी तिरी रिहा पनि भए । मुन्धडाको अनुसार म्याद गुज्रिएको मैदा फिर्ता गर्न राखिएको अवस्थामा उनी राजनैतिक पुर्वाग्रहको शिकार बने ।
५. त्यसैगरी करिब २० दिन अगाडि लाहान भोटिया टोलमा बस्ने ममता देवी यादवमाथि कुटपिट भएको तर उनलाई हाल सम्म अनुसन्धान जारी रहेेेको छ । बाध्यतावस उनी अदालत प्रक्रियामा मा गईन ।
६. सिरहाको लहान नगरपालिका १७ गोविन्दपुर गाउँमा युवकको विभत्स हत्या गरी गायव गरिएको टाउको एक दिनपछि भेटिएको  थियो । पुछ्ताछ्को लागि शंकाका घेरामा केहिलाई ल्याईयो तर उपलब्धि हाल सम्म शुन्य ।
७. सप्तऋषि अस्पतालमा डाक्टरको लापरबाहीले एकै दिन ३ शिशुले ज्यान गुमाए । छानबिन समिति गठन भयो प्रतिवेदन अस्पतालको विरुद्धमा आयो । महिनौंसम्म कार्यवाही भएन ।
८.  विशेष स्रोतअनुसार ई.प्र.का भित्र डिएसपीको नजिक रहने घुमुवा द्वारा सञ्चालित मेसमा ह्वात्तै ३०० रुपैया बढाईयो । २५०० बाट २८०० पुर्याएपनी खानाको गुणस्तर दयनीय भएको अधिकांश जवानहरूले (नाम न खोल्ने शर्तमा) बताए । गोप्य सुचना अनुसार उच्च ओहदाका केहि प्रहरी कर्मचारीले निशुल्क खाना खाईरहेको अवस्था छ।
९.  ईप्रका भित्र केही दिन अगाडि नै गाडिएको पावर ड्रील बोरिङ को लागत खर्च समेत पारदर्शी नगरिएको । क्रमश…..

ई.प्र.का लाहानमा “प्रहरी मेरो साथी” भन्ने नाराको सार्थकता

मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले केही वर्ष अगाडि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको थियो । उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालनमा आएको थियो । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिएको छ । देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य रहेको छ । समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य रहेको थियो ।
नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो ।नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सुव्यवस्था कायम गर्नु नै प्रमुख दायित्व हो । प्रहरीको सङ्गठन कुनै व्यक्तिविशेषको आदेशमा नभएर विधि र कानुनअनुरुप सञ्चालन हुन्छ भन्ने कुरा अभियानले पुष्टि गरेतापनी लाहानको अवस्था भन्ने फरक पाईयो । लकडाउनमा खाद्यान्न बाटेर देशैभरी मस जोडीले चिनिएको महेश चौधरी र संगिता कर्माचार्य समेतले डिएसपी थापा प्रति आफ्नो असन्तुष्टि व्यक्त गरेका छन । नेपाली काङ्ग्रेस सम्बद्ध यी जोडी ले भने “दुई हप्ता अगाडि डिएसपी थापा सर संग हामी भेटन ईप्रका को गेटमा उभिरहेका थियौ अचानक वहाँले एक जवानलाई को छ गेटमा धपाई दे भन्ने आदेश दिनु भयो हामी निशब्द घर फर्कियौ।”
त्यसैगरी अर्का एक नेता एवं समाजसेवी प्रयागलाल यादवको उस्तै पीडा रहेको छ । उनले पनि डिएसपी थापाद्वारा अभद्र ब्यवहार भएको दु:ख पोखे । जसपा कै अर्को नेता शत्रुधन मण्डलको अनुसार नेपाल प्रहरी बिधि र कानुनले चलेको संगठन हो तसर्थ यसमा हाम्रो डिएसपी साब संबेदनसिल हुन जरुरी छ । एक गोप्य स्रोतले दिएको सुचना अनुसार लाहानका २/४ जना संग भावनात्मक रुपमा अति नजिक रहेको डिएसपी थापा हालमा आफ्नो उर्जा सहि दिशामा लगाउन सकिरहेको छैन । स्रोतले दिएको सबै जानकारीलाई गलत मान्ने हो भन्ने पनि केही प्रश्न स्थानीयको मनमा उब्जेको छ । सप्तऋषि अस्पताल, लाहान १७ को घटना, लिलामदन काण्ड, पवन मुन्धडा को मैदा कान्ड आदिले पक्कै पनि आम नागरिकलाई सन्तुष्ट गर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]