२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

कमलामा बहाव बढ्यो, सतर्क रहन आग्रह

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

न्यूजमधेश डेस्क
सिरहा,२७ असार ।कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपिल गरिएको हो ।

“कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ”, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भन्नुभयो, “बाढी बस्तीमा पसे ठूलो धनजनको क्षति हुनसक्ने भएकाले आसपासका बस्तीमा बिहानैदेखि माइकिङ गर्न थालेका छौँ, सुरक्षाकर्मीलाई उद्धार र राहतका लागि तयारी अवस्थामा राखेका छौँ ।”

अहिले नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको र अझै वर्षा जारी रहेकाले थप पानीको बहाव थप बढ्न सक्ने भएकाले नदी आसपासको गाउँका स्थानीयलाई सतर्क रहनुपर्ने उहाँको भनाइ छ । उहाँले कमलामा बाढीबाट पु¥याउन सक्ने क्षतिलाई रोक्न बाढी पूर्व अपनाइने सतर्कतामा समेत संवेदनशील रहेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष नदीको बाँध भत्किएर बाढी गाउँमा पस्दा कल्याणपुर, सारस्वर, बन्दीपुरलगायतको गाउँ डुबान हुँदा ठूलो धनमालको क्षति भएको थियो । नदीकै छेउमा रहेका यी गाउँहरु बाढीको उच्च जोखिममा परेको छ । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण नदीमा बाढीको चाप बढेकाले बाँध भत्किएर गाउँ पस्ने हो कि भने चिन्ता बढेकोे कल्याणपुरका स्थानीय सुरज मण्डलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]