२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

माक्स नलगाउने २५ जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० असार। लकडाउनको नियम पालन गर्न सर्वसाधारणलाई अनुरोध गरिरहादाँ पनि वेवास्ता गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाईरसको संक्रमण तथा नियन्त्रणको लागी सरकारद्धारा अत्यावश्यक काममा सवारी साधन वा पैदल हिड्दा अनिवार्य रुपमा माक्स लगाएर मात्र हिड्ने र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना मार्फ अनुरोध गरेको थियो ।

उक्त अनुरोधको वेवास्ता गर्दै हिडिरहेको अबस्थामा २५ जना व्यक्तीहरुलाई जिल्लाको बिभिन्न स्थानहरुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईको छ भने अन्य २९७ जना मानिसहरुलाई माक्स लगाउन लगाईतका कुराहरु सम्झाई बुझाई घर पठाईएको छ।

नियन्त्रणमा लिईएकाहरुलाई संक्रमण रोग ऐन, २०२० अनुसार कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय सिरहा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]