२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सिमामै मृत्यु भएका बिरेन्द्र यादवको परिवारलाई ५ लाखको चेक हस्तान्तरण

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

आतिश मिश्रा
जनकपुरधाम, १ साउन। मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारन मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवार लाई पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

शहिदनगर नगरपालिका वडा नम्बर ९ गोठ कोयलपुर स्थित यादबको घर पुग्नु भएका मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रती समवेदना ब्यक्त गर्नु हुँदै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गरएको बताउनु भयो ।

उक्त अवसर मा प्रदेश सभासदस्य राम आशिष यादव, मुख्य न्यायाधिब्क्ता दीपेन्द्र झा सहित को उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]