३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

विभिन्न पार्टी प्रत्यागगरि ४५० जना जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

न्यूजमधेश डेक्स
जनकपुरधाम,१ साउन।सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ठूलो संख्यामा प्रवेश गरेको छ।

बुधबार एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि ४५० जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता हरिप्रसाद पासवानले जानकारी दिएको छ।

नवप्रवेशीका सवैलाई अबिर फुुल माला लगाई स्वागत साथ प्रवेश गराएको जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीले बताएको छ।

सो पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टी प्रशिक्षण विभाग प्रमुख संजय यादव,जनमत पार्टी सिरहा इन्चार्ज बिजय साह,पार्टीका सिरहा नगरपालिका प्रमुख सुरेन्द्र यादव,युवा नेता रंजित साह,पंकज सिंह, विद्यार्थी जनमत संघ सिरहा अध्यक्ष अरबिन्द सहनी,विद्यार्थी नेता दिपेन्द्र यादव लगाइतको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा ४५० जना पार्टी प्रवेश गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]