३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

एक हजार नेपाली स्वदेश फर्किए

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,३ साउन। विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट छ शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सले बहराइनबाट १२९ यात्रु र एक शव ल्याएको छ । दोहाबाट पनि १४९ यात्रु र दुई शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५६ र बहराइनबाट १३९ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै फ्लाइ दुबईले दुबईबाट १५७ नेपाली काठमाडौँ ल्याएको छ ।

थप नेपाली ल्याउन नेपाल एयरलाइन्स दुबई र दोहा तथा हिमालय एयरलाइन्स दोहा र अबुधाबी प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट आठ उडान गर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]