१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

विभिन्न पार्टी परित्याग गरी सयौजना जनता समाजवादीमा प्रवेश

Logo
प्रकाशित शनिबार, साउन ०३, २०७७

रंजित चौरसिया
वीरगंज,३ साउन ।पर्सामा विभिन्न पार्टी परित्याग गरी सयौजना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।वीरगञ्जमा आयोजित एक कार्यक्रमका बिच पर्सागढी नगरपालिकाका स्थानीय महिला र पुरुष गरी सयजना भन्दा बढीले नेकपा, कांग्रेस लगाएत विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रहलाद गिरीले नव प्रवेशीहरूलाई अबीर तथा फुलमाला लगाई स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद प्रहलाद गिरीले जनता समाजवादी पार्टी देशको तेस्रो ठुलो दल भएको बताउदै देशभरी नै जनता समाजवादी पार्टी प्रती जनलहर बढेको बताउनु भयो ।

उनले अहिलेको केपी ओलीको सरकारले नागरिकता तथा राष्ट्रीयताको मुद्दा उठाएको आड मा सरकार टिकाउने अस्त्र बाहेक अरु केही हासील नहुने ठोकुवा गर्नु भयो ।सरकारले गरेको भ्रष्टाचार लुकाउन जनताको ध्यान अन्य विषय तिर मोडेर नया नया नौटंकी शुरु गरिएको उनले आरोप लगाए ।

जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद करिमा बेगम,भिमा यादव र पार्टीका नेता विन्देश्वर यादव, उपाध्यक्ष बासुदेव यादव, सुन्दर कुर्मी पर्सागढी नगरपालिका वडा नं ५ का वडाध्यक्ष असलम आलम, अशोक यादव, नगर अध्यक्ष शेख खुर्सेद, जितेन्द्र यादव लगाएतको उपस्थिति रहेको थियो ‌। कार्यक्रमको सहजीकरण जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]