०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

आजदेखि मापसे जाँच तथा सचेतना कक्षा सञ्चालनमा

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं ,७ श्रावण ।कोरोना महामारीका कारण चार महिनादेखि रोकिएको मादक पदार्थ सेवन (मापसे) जाँच आजदेखि पुनः सुरु हुने भएको छ ।

सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु गर्न महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।

लकडाउन अघिका सबै ट्राफिक गतिविधि सुरु गरिएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले बताए । उनका अनुसार ट्राफिक नियम भन्दा बाहिर गएर सवारी सञ्चालन गरे सबै किसिमको जरिवाना लाग्छ । उनले भने, ‘पुरानै अवस्था अनुसार नियम विपरीत जानेलाई पहिले जस्तै चिट काटेर कारबाही पनि हन्छ’

महाशाखाले सडकमा गुड्ने सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरीको छड्के टोलीसमेत परिचालन गरेको छ । टोलीले सार्वजनिक सवारीमा ५० प्रतिशत बढी यात्रु राखेको पाइए तत्काल कारबाही गर्ने एसएसपी ढकालले बताए ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु आफैंले सचेत रहन जरुरी छ । आफ्नो स्वास्थ्यप्रति हामी आफैं जिम्मेवार भएर यात्रा गर्न ढकालको भनाइ छ । प्रविधियुक्त निगरानी भ्यान, सीसीटीभी क्यामेराबाट पनि निगरानी बढाइएको ढकालले बताए । माहामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]