३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

आजदेखि राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा जारी

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

एम के माझी
सप्तरी,८ श्रावण । दैनिक संक्रमित फेला पर्दै गई कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ५ बजेदेखि नगरक्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उक्त आदेशको उलंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने समेत एक सूचना मार्फत जानकारी गराइएको छ । बैठकपछि जारि गरिएको निषेधाज्ञा बारे सूचनामा राजविराज नगरपालिकामा कोरोना संक्रमणले एक जनाको मृत्यु तथा हालसम्म ४ सय ४ जनामा संक्रमण देखिएकाले समुदायमा कोरोना फैलिन नदिन निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका भरी जारी निषेधाज्ञाको पालना गर्न समेत सूचना मार्फत आग्रह गरिएको छ । यस अवधीमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थालहरुमा अनावश्यक आवतजावत, हिडडुल नगर्न समेत सचेत गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]