१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

कैलालीमा रासायनिक मल अभाव

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

न्यूजमधेश सम्बादाता
टिकापुर ,१० श्रावण । कैलालीका धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान बाली गाजिने अवस्थामा टपडे«सिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव सिर्जना भएको छ । धानखेतीमा छिपछिपे पानी भएका बेला युरिया मल आवश्यकताअनुसार छर्ने गरिन्छ ।

युरिया मल आवश्यक भइरहेका बेला चरम अभाव भएपछि किसान दुःखी भएका छन् । विगतका वर्ष धान खेतीका लागि आवश्यकपर्ने मल युरियाको अभाव हुँदा भारतीय बजारबाट भए पनि किसानले मलको पूर्ति गर्दै आएका थिए तर यो वर्ष भारतीय सीमा नाका बन्द हुँदा किसानमलको चरम अभाव झेल्न बाध्य छन् ।

धानखेतीको लागि किसानलाई तत्काल आवश्यक भइरहेको रासायनिक मल युरियाको उपलब्धता कतैबाट नभएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीले जनाइएको छ । किसानका लागि अतिआवश्यक भए पनि युरिया मल तत्काल उपलब्ध गराउन सकिने अवस्था छैन । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले भन्नुभयो, “किसानका दैनिक गुनासो गर्न थालेका छन् तर कतैबाट मलको जोहो गर्न सकिने अवस्था छैन ।” कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा अहिले पोटासबाहेक अन्य मलको मौज्दात शून्य छ । कम्पनीसँग अहिले २६० मेट्रिकटन पोटास स्टक रहेको भए पनि अन्य मल नै नभएको प्रमुख बोगटीले बताउनुभयो ।

“मल ल्याउनका लागि पहल भइरहेको छ । पहल भए पनि तत्काल कतैबाट ल्याउने सम्भावना देखिँदैन”, बोगटीले भन्नुभयो, “साउनको अन्तिम सातासम्म युरिया मल आउनसक्ने आश्वासन पाएका छौँ ।” कैलालीमा १५ हजार मेट्रिक टन युरिया, खपत भए पनि तत्काल कम्पनीले चार हजार टन युरिया मलको माग गरेको छ । मल नपाएपछि किसान यस वर्ष धान उत्पादन घट्ने बताउँछन् । “धानखेती राम्रो उत्पादन लिन मल, सिँचाइ सबैको तालमेल मिल्नुपर्छ”, किसान किसान रवीन्द्र ओली भन्नुहुन्छ, “किसानलाई सहजरुपमा मल, बीउ, सिँचाइजस्ता सुविधा मिलाइदिने काम सरकारले गरिदिनुपर्छ । किसानलाई खेतीमा प्रोत्साहन गर्न आवश्यक सामानको जोहो समयमै गरिदिनुपर्छ ।” उहाँ किसानले खेतीका लागि आवश्यक मल, बीउकै लागि लड्नुपर्दा, भौतारिनु पर्दा कृषिप्रति आकर्षित हुन नसकेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]