१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

प्रमुख प्रशासकीय अधिकृतद्वारा वडाध्यक्षमाथि कुटपिट

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

न्यूजमधेश सम्बादाता
हरिवन ,१० श्रावण । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ ।

हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ । वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय, उहाँका भाइ लालबाबु राय र स्थानीय शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले जानकारी दिनुभयो ।

वडाध्यक्ष महतोलाई बिहीबार साँझ गाउँमै एक समूहले कुटपिट गरी घाइते बनाएका थिए । कुटपिटबाट वडाध्यक्ष महतोको हात, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उहाँको जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल लगिएको पीडितका परिवारजनले बताएका छन् ।

कुटपिटमा संलग्न लालबाबु र शैलेन्द्रलाई घटना भएकै दिन पक्राउ गरेको र प्रमुख प्रशासकीय अधिकृत यादवलाई सोधपुछका लागि भन्दै शुक्रबार पक्राउ गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताउनुभयो ।

केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा वडाध्यक्ष महतो नजिककी आफ्नै नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय निकटका केही युवाले जिस्काएको निहुँमा उनीहरु बीच विवाद हुँदै आएको र सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपिट भएको हुनसक्ने स्थानीयवासीले आशङ्का गरेका छन् ।

वडाध्यक्षका परिवारले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत यादवसहित अन्य चारजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]