२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

भारतबाट ल्याइएको १७ लाखको अवैध खसी सशस्त्र प्रहरीद्वारा बरामद

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

अंगद यादव
नवलपरासी पश्चिम ,१० श्रावण । नवलपरासी पश्चिम सुस्ता गाउँपालिकाको वडा नं।(५ रतनगंजमा सशस्त्र प्रहरीले ठुलो परिणाममा भारतबाट अबैध रुपमा ल्याउदै गरेको खसी बरामद गरेको छ ।

भारतबाट अबैधररुपमा लुकाई छिपाई ल्याएर रतनगनंजको एउटा छाप्रोमा राखिएको अवस्थामा प्रहरीले खसिहरुलाई बरामद गरिएको हो । बरामद गरिएका ८५ वटा खसी प्रति खसी २० हजारका दरले १७ लाख बराबर रहेको बताईएको छ ।

सुचनाको आधारमा शसस्त्र प्रहरी बल नेपाल हेडक्वाटर २६ नम्बर गण बेलासपुरबाट शसस्त्र प्रहरी निरक्षक सुमन अधिकारी र शसस्त्र प्रहरी बल अस्थायी पोस्ट बलिनगरका शसस्त्र प्रहरी निरिक्षक धनबहादुर रानाको संयुक्त टोलिले ति खसिहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण बेलासपुरका प्रमख भरत खनियाले जानकारी गराए ।

अबैध रुपमा रहेका खसीहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको खनियाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो । […]