०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

सीमानाकामा थप कडाई गर्न मुख्यमन्त्री राउतको निर्देशन

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, ११ श्रावण । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।

आज सम्पन्न पिसिएमसीको बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाका बाट लुकीछुपी आउने हरुको रहेको उल्लेख गर्नु हुँदै तीन वटै सुरक्षा निकायलाई सीमा नाकामा थप कडाई गर्न निर्देशन दिनु भएको हो ।

बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थाले पनि यस बाट जोगिन अपनाउनु पर्ने उपायहरु बारे विज्ञहरु संग सुझाव समेत लिनु भएको छ । कोरोना नियन्त्रणको लागि प्रदेश सरकार बाट भएको कामकाजको प्रगति बारे जानकारी लिदै मुख्यमन्त्री राउतले रोकथाम , नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिनु भएको छ ।

बैठकमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेल सहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]