०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

सघाराको स्वास्थ्य चौकीमा छैन शौचालय

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१२ श्रावण। धनुषाको कमला नगरपालिका वडा नम्बर ४ सघारामा रहेको स्वास्थ्य चौकीमा लामो समयदेखि शौचालय छैन। स्वास्थ्य चौकीमा कार्यालय सहयोगी र खानेपानीसमेत अभाव छ।

शौचालय र खानेपानी नहुँदा कर्मचारी तथा उपचारका लागि आउने बिरामीलाई समस्या भएको स्वास्थ्य चौकीका सहइन्चार्ज राजकिशोर यादवले बताए।

स्वास्थ्य चौकीमा तिन पुरुष र तिन महिला गरि जम्मा ६ जना कर्मचारी कार्यरत छन्।पुरुष शौचका लागि वरपर खुला स्थानमा जाने र महिला कर्मचारीलाई अरूको घरको सहारा लिनुपर्ने बाध्यता रहेको उनले बताए।

समस्याबारे पटकपटक कमला नगरपालिकाका मेयर राम उदगार गोईत र वडाध्यक्ष पल्टु कबारीलाई आग्रह गर्दा पनि कुनै चासो नलिइ मौन बसेको सह ईन्चार्ज यादवले आरोप लगाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]