१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

एसिड प्रहारबाट घाइते युवतीलाई अनेरास्ववियूको सहयोग

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१२ श्रवान । एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले भेटेर नगद सहयोग गरेको छ ।

सोमबार बिहान काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, सुदेश पराजुली र मेघनाथ चापागाईं कीर्तिपुर अस्पताल पुगेका थिए ।

भेटघाटको क्रममा सहसंयोजक तामाङले एसिड प्रहार गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही दिलाउन र एसिड बिक्री वितरणलाई नियमन गर्न आफूहरुले दबाव सिर्जना गरेको जानकारी दिए ।

यही साउन ८ गते साँझ काठमाडौंको सीतापाइलामा कार्कीमाथि एसिड प्रहार भएको थियो । उनलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई प्रहरीले सोही दिन राती पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]