२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

सबै प्रदेशमा भारी बर्षा : बाढी, पहिरो र डुबानको खतरा, सतर्क रहन आग्रह

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम , १३ श्रावण  । नेपालमा केहि दिनदेखि अलि मत्थर रहेको मनसुन आज (मंगलबार) देखि सक्रिय बनेको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा भारी वर्षाको सम्भावना बढेको मौसमविदले बताएका छन् ।

हिजो सोमबार रातिदेखि नै देशका धेरै भू–भागमा वर्षाको मात्रा बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । उनका अनुसार सोमबार प्रदेश–१ का धेरै स्थानमा वर्षा भएको छ भने त्यहाँका एक–दुई ठाउँमा भारी वर्षा समेत भएको छ । यस्तै गण्डकी, सुदूरपश्चिम प्रदेशमा पनि सोमबार वर्षा भएको छ ।

मौसमविद प्रधानाङ्गले अहिले हुम्लातिर वर्षा शुरु भइसकेको जानकारी दिए । अहिले प्रदेश–१, काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा वर्षा भइरहेको उनले जानकारी दिए । आज मंगलबार देखि वर्षाको मात्रा अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

‘दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र प्रदेश–५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।’

यस्तै राति पनि देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५, र सुदूर पश्चिमका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी बर्षाका कारण खोलानालामा पानीको सतह बढ्ने, पहाडमा पहिरो जाने र तराईका क्षेत्रमा डुबान हुन सक्ने भएकाले बेलैमा सचेतता अपनाउन मौसमविदले आग्रह गरेका छन् । यसअघि पहिरो गएका ठाउँहरुमा पुनः पहिरो जान सक्ने भएकाले सुरक्षित स्थानमा बस्न उनीहरुले आग्रह गरेका छन् ।

बुधबार र बिहीबार वर्षा अझ बढ्ने अनुमान गरिएको छ । महाशाखाको बुलेटिनअनुसार बुधबार र बिहीबार धेरै भारी वर्षा समेत हुने सम्भावना छ ।

कस्तो रहला आउँदा दुई दिनको मौसम ?
साउन १४ गते बुधबार
दिउँसो– देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

राति – देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश–१, प्रदेश–२, बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

साउन १५ गते बिहीबार
दिउँसो –देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

राति – देशभर साधारणतयादेखि अधिकांश बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, प्रदेश–५, र प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]