०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

थाल पिट्दै जनकपुरधाममा दलितको प्रर्दशन

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

कैलाश दास
जनकपुरधाम, १३ श्रावण । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा थाली तथा सिटी जुलुस प्रदर्शन गरिएको छ ।

संयुक्त दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासको नेतृत्वमा जनकपुरको  जनक चोकबाट निस्केको थाली तथा सिटी जुलुस शिव, भानु, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिमा केहि बेर  धर्नामा बसेपछी मुरली चौक ,राम चौक हुदै पूर्ण जनक चौकमा आएर कोण सभामा परिनत गरेको थियो ।

जनक चोकमा आयोजित कोणसभामा दलित समुदायका अगुवाले एक महिना बितिसक्दा पनि घटनाको छानबिन नभएको, दोषीलाई बचाउन खोजेको भन्दै विरोध जनाए । एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनाए पनि अहिलेसम्म छानबिन नभएको उनीहरूको भनाइ थियो । उनीहरूले दोषीलाई बचाउन खोजेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी रहने संयुक्त दलित संघर्ष समिति धनुषाका संयोजक चन्देश्वर दासले बताए ।

दलित अधिकारकर्मी पचु माझिले भने अब  १५ साउनमा मृदंग बजाउने र पोस्टर टाँस्ने, प्रशासन कार्यालयअगाडि धर्ना दिने र १८ साउनमा प्रशासन कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन बस्नेलगायत आन्दोलनका कार्यक्रम रहेको छ  ।

गत असार ७  गते आइसोलेसनमै छटपिटएर धनुषाको हंसपुर नगरपालिकाका १६ वर्षीय राजु सदाको ज्यान गएको थियो ।यस्तै गत जेठ २७ गते मध्यरातिमा शम्भु सदा ईलाका प्रहरी कार्यालय सबैलामा  झुण्डिएको अवस्थामा  फेला परेका थिए । दलित अगुवाहरुले भने उनको हत्या भएको जिकिरसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]