०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

जग्गा फुकुवाको माग राखी लाहानमा आन्दोलन

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

मनोज बनैता
सिरहा, १३ श्रावण । जग्गा फुकुवाको निम्ति बाल बिटौरी तथा गाउँब्लक जग्गा संघर्ष समिति लहान आन्दोलित भएका छन । बाल बिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा नहुँदा  लहान नगरका करिब २ हजार ५ सय सर्वसाधारण मर्कामा परेको संघर्ष समितिका संयोजक विजय कुमार गुप्ता ले जनाए । समिति द्वारा आयोजित पत्रकार भेलामा बोल्दै संयोजक गुप्ताले भने ‘जग्गा धनी पुर्जा हुँदाहुदै पनि जग्गा सम्बन्धि कुनै पनि कारोबार गर्न नपाउदा सर्वसाधारण चरम मारमा परेको छ।’

जारी विज्ञप्ति अनुसार लहान नगरपालिका अन्तर्गत रहेको  गाउँ ब्लक जग्गा २००४ सालमा नापी गरि जम्मा बन्दि श्रेस्ता कायम भएको थियो । त्यस जग्गा मध्ये बजार क्षेत्रको सिङ्गराही मटिअर्वा ,बैरिया गोपालखोन्ही र रघुनाथपुर मौजामा पर्ने जग्गा तत्कालिन श्री ५ को सरकार भन्सार विभागबाट २०१० सालमा बाल बिटौरी लगाउने गरि नापी भएको थियो।

सो जग्गाको नापी श्रेस्ता कायम गरि सोहि आधारमा हनुमाननगर भन्सार कार्यलय अन्तर्गत लहान छोटी भन्सार कार्यलय मार्फत लागतका आधारमा वार्षिक रुपमा बालबिटौरी असुल तहसिल गरि आएको र सरकारको नीति अनुरुप भन्सार कार्यलयहरुलाई बोर्डर छेउमा सार्दा लहान छोटी भन्सार कार्यलय लहानबाट नेपाल भारत बोर्डर सिमा नवराजपुर झाँझपट्टिमा सारेको थियो। सो कार्यलय सार्दा लगतका आधारमा वार्षिक बालबिटौरी असुल तहसिल गर्न स्थानीय निकाय तत्कालिन लहान बजार आदर्श गाउँ पन्चायतलाई श्रेस्ता हस्तातरण भए अनुरुप स्थानीय निकायले बाल बिटौरी असुल तहसिल गरि आएको छ।

यो संगै जग्गाको स्वामित्व तथा हक हस्तान्तरण गर्दा लगतका आधारमा दर्ता तथा हकभोग भएको स्थानीय निकायको सिफारिसका आधारमा मालपोत कार्यलयबाट रजिष्टेशन पास भै मालपोत कार्यलयको जनाउपत्र अनुसार स्थानीय निकायले अभिलेख ( श्रेस्ता )मा दाखिल खारेज गर्ने गरेको थियो।

सरकारको नीति अनुरुप २०२६ सालमा नाप नक्सा हुँदा खालि जग्गा नाप नक्सा गरि जग्गा धनीलाई दर्ता श्रेस्ता कायम गरि जग्गा धनि दर्ता प्रमाण पुर्जा समेत वितरण गरिएको हो। सोहि अनुरुप काम कारवाही भईरहेको र विभिन्न व्यक्तिहरुको घरवास भएको बिटौरी जग्गा समेतलाई गाउँ (ब्लक) भनि फिल्ड बुक कायम गरि नाप नक्सा भएकोमा हाल नेपाल सरकार नापी विभागबाट गाउँब्लक र बालबिटौरी जग्गा नाप नक्सा भै विवाद रहित व्यक्ति मध्ये कहिले फिल्डबुकका आधारमा जग्गा दर्ता गरि जग्गा धनि दर्ता श्रेस्ता कायम भै जग्गा धनि दर्ता प्रमाण पुर्जा उपलब्ध नगरी जग्गा धनि प्रमाणपत्र ( लालपुर्जा ) रोकिएको हुँदा लहान नगरपालिका भित्र पुस्तौ देखि बसोबास गर्दै आइररेका लहान नगरवासीहरु जग्गा धनि पुर्जा हुँदाहुदै पनि जग्गा सम्बन्धि कुनै पनि कारोबार गर्न नपाउदा मर्कामा परेको हुँदा जग्गा धनिको पिरमार्का लाई मध्यनजर गरि अविलम्ब सो जग्गाको प्रमाणपत्र वितरण गरि हक हस्तान्तरण समेत हुने व्यवस्थाका लागि संयोजक गुप्ताले  सरोकारवालालाई अपील गरे ।

संघर्ष समितिले पटक-पटक दबाबमूलक कार्यक्रम गरि आम नागरिकको समस्या सामाधान गर्न दबाबका लागि विगतमा र्याली प्रदर्शन सहित ज्ञापन-पत्र लगायतका कार्यक्रमहरु गर्दा पनि नेपाल सरकारले यस समस्यालाई सामाधान गर्न नसकेकोमा संघर्ष समितिले खेद प्रकट गर्दै यो समस्याबाट सर्वसाधारणलाई परि आएको पिरमार्कालाई मध्यनजर गर्दै संघर्ष समितिले साउन १४ गते बुधबार विहान ८ बजे लहान ७ पुरानो बजारमा अवस्थित राम मन्दिरको प्राङ्गन बाट दबाम मुलक र्याली प्रदर्शन गर्दै लहान मालपोत कार्यलयमा २ घण्टा तालाबन्दी गर्नुका साथै निरन्तर दबाबमूलक आन्दोलनका कार्यक्रमहरु गर्दै जाने समितिका सहसंयोजक रामऔतार शर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]