०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

उद्योग वाणिज्य संघ सिरहाले ‘स्वर्ण जयन्ती २०७७’ धुमधामका साथ मनाए

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

रबिन्द्र श्रेष्ठ
लहान, १४ श्रावण । आज जिल्ला उधोग वाणिज्य संघ, सिराहा लहानले “स्वर्ण जयन्ती २०७७ ” नेपाल उधोग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै मुरारकाले भने ‘बि. सं. २०२७ सालमा मेरो आफ्नै काका स्व. परमेश्वर मुरारकाको अध्यक्षतामा स्थापना भएको संघ आज ५०औं वर्षमा आईपुग्दा प्रमुख अतिथिको रुपमा स्वर्ण जयन्तीको प्रमुख अतिथिको रुपमा म सहभागी हुन पाउन अबिष्मरणिय संयोगको रुपमा लिएको छु ।’

मुरारकाले आफ्नो काका संस्थापक अध्यक्षको कार्यकालमा एउटा सानो कोठामा स्थापना भएको यस संघको उनले सयौं चिट्ठी पत्र लेख्ने कार्य गरि एउटा सचिवको कार्य गरेको समेत स्मरण गरे ।

साथै आसन्न नेपाल उधोग वाणिज्य महासंघको चुनावमा अध्यक्षको उम्मेदवार किशोर प्रधानको प्यानललाई समर्थन रहने र यस संघका वर्तमान अध्यक्ष अशोक दाईलाई केन्द्रीय सदस्यको लागि पनि सहयोग र समर्थन गर्दछु भनि अग्रीम बधाई तथा शुभकामना दिदै यस सिराहा उधोग वाणिज्य संघबाट हरेक चोटी महाधिवेशनबाट महासंघमा एक जना प्रतिनिधित्व होस भन्ने मेरो चाहाना रहेको कुरा समेत प्रमुख अतिथि मुरारकाले बताउनुभएको छ ।

संघका अध्यक्ष अशोक लाल अमात्यको अध्यक्षतामामा भएको कार्यक्रममा संघका सल्लाहकार राकेश झा, पूर्व अध्यक्षहरु पवन मुन्धरा, अशोक अग्रवाल, सुनिल महतो, पूर्व उपाध्यक्ष बिनोद साह, पदाधिकारीहरु, सदस्यहरु, सिराहा जिल्लाका बिभिन्न उधोग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधिहरु, बिभिन्न बजार समितिका अध्यक्षहरु, ब्यापारीबर्ग एबम संचारकर्मीको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]

विराटनगर । सुनसरीको इनरुवाबाट प्रहरीले १ करोड ८२ लाख ५१ हजारवटा नक्कली नोट बरामद गरेको छ । नेपाली १ हजार दरका नक्कली नोटहरू बरामद गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए । उनका अनुसार भारतीय स्कारपियो गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट आइतबार नोटहरू बरामद गरिएको हो । […]

सिरहा । सुखीपुर नगरपालिका-९ का बुधराम मण्डलकी छोरी कुमारी ज्योतिको विवाह खर्च जुटाउन गणेश इँटा उद्योग सुखीपुरका सञ्चालक समाजसेवी रामचन्द्र साहले ६१ हजार नगद र एउटा ग्यास चुलो सहयोग स्वरूप उपलब्ध गराएको छ। तराई मधेशमा दाइजो प्रथा र तडकभडकको साथ विवाह गर्ने प्रथा झाँगिदै गइरहेकाले अभिभावकलाई ठुलो समस्या पर्ने गरेको छ । इँटा उद्यमीको सहयोग […]