०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

सिरहामा कल्भट भत्किँदा सडक अवरुद्ध

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

न्यूजमधेश डेस्क 
सिरहा ,१४ श्रावण। अविरल वर्षासँगै सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित कटनियाँ नदीको कल्भट भत्किँदा सडक अवरुद्ध भएको छ ।

कटनियाँ नदीमा आएको बाढीका कारण कल्भट भत्किँदा भारतीय सीमावर्ती बरियारपट्टी बजारसम्म जोडिएको सो सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा जिल्लाको बरियारट्टी गाउँपालिकासहित जिल्लाको सुखीपुर नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वडाका स्थानीयवासी समस्यामा परेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाइल बजारदेखि बरियारपट्टी बजारसम्म जोड्ने करिब १८ किलोमिटरको सो सडक अवरुद्ध भएपछि सवारी साधनको आवतजावतमा ठूलो समस्या भएको स्थानीयवासीको गुनासो छ ।

‘कल्भट भत्किएर तीन दिनदेखि सवारी आवागमन अवरुद्ध भएको छ’, बरियारपट्टी गाउँपालिका–३ का सन्दीप महतोले भने, ‘कल्भट भत्किएर कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले आवतजावत बन्द भएको छ ।’ केही दिनदेखिको अविरल वर्षाका कारण कल्भट भत्किएर सडक अवरुद्ध हुँदासमेत मर्मतसम्भार गर्नेतर्फ स्थानीय सरकारको ध्यान पुग्न नसकेको उनको गुनासो छ ।

दैनिक करिब सयौँ सङ्ख्यामा सवारी साधनको ओहोरदोहोर भइरहने सडकमा कल्भट भत्किएपछि यात्रुलाई ठूलो समस्या भएको सशस्त्र प्रहरी बल बेस क्याम्प बरियापट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिल्मिसिनाले बताए । उनले भत्किएको ठाउँमा स्काभेटरबाट बाटो सञ्चालनको तयारी भइरहेको बताए ।

यता बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताले भत्किएको कल्भट मर्मतका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]