०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

सिरहामा कल्भट भत्किँदा सडक अवरुद्ध

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

न्यूजमधेश डेस्क 
सिरहा ,१४ श्रावण। अविरल वर्षासँगै सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित कटनियाँ नदीको कल्भट भत्किँदा सडक अवरुद्ध भएको छ ।

कटनियाँ नदीमा आएको बाढीका कारण कल्भट भत्किँदा भारतीय सीमावर्ती बरियारपट्टी बजारसम्म जोडिएको सो सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा जिल्लाको बरियारट्टी गाउँपालिकासहित जिल्लाको सुखीपुर नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वडाका स्थानीयवासी समस्यामा परेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाइल बजारदेखि बरियारपट्टी बजारसम्म जोड्ने करिब १८ किलोमिटरको सो सडक अवरुद्ध भएपछि सवारी साधनको आवतजावतमा ठूलो समस्या भएको स्थानीयवासीको गुनासो छ ।

‘कल्भट भत्किएर तीन दिनदेखि सवारी आवागमन अवरुद्ध भएको छ’, बरियारपट्टी गाउँपालिका–३ का सन्दीप महतोले भने, ‘कल्भट भत्किएर कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले आवतजावत बन्द भएको छ ।’ केही दिनदेखिको अविरल वर्षाका कारण कल्भट भत्किएर सडक अवरुद्ध हुँदासमेत मर्मतसम्भार गर्नेतर्फ स्थानीय सरकारको ध्यान पुग्न नसकेको उनको गुनासो छ ।

दैनिक करिब सयौँ सङ्ख्यामा सवारी साधनको ओहोरदोहोर भइरहने सडकमा कल्भट भत्किएपछि यात्रुलाई ठूलो समस्या भएको सशस्त्र प्रहरी बल बेस क्याम्प बरियापट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिल्मिसिनाले बताए । उनले भत्किएको ठाउँमा स्काभेटरबाट बाटो सञ्चालनको तयारी भइरहेको बताए ।

यता बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताले भत्किएको कल्भट मर्मतका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

काठमाडाैं । मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका […]

जनकपुरधाम।मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले आधारभुत विद्यालय कजोलीमा दुई कोठे शैक्षिक भवनको शिलान्यास गरेको छ। सप्तरीको महदेवा गाउँपालिका-२ कजोलीका आधारभुत विद्यालयमा एक कार्यक्रमबीच यसै क्षेत्रका प्रदेश सांसदसमेत रहेका सभापति सिंहले शिलान्यास गरेका हुन् । निर्माण हुन लागेका भवनको लागि मधेश सरकारका शिक्षा तथा सांस्कृतिक मन्त्रालयबाट तत्कालीन मन्त्री महेश प्रसाद […]