२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

करेन्ट लागेर एक युवकको मृत्यु

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

न्यूजमधेश डेस्क
महोत्तरी ,१४ श्रावण। महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

जलेश्वर नगरपालिका वडा नं. १ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका कामदार राउत आज बेलुका करिब ४ : ३० बजे वेल्डिङ गरिरहेको क्रममा अचानक सर्ट सर्किट भई उनको शरीरमा करेन्ट प्रवाहित हुँदा उनको मृत्यु भएको हो ।

मृतक कामदार राउतको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]