०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

करेन्ट लागेर एक युवकको मृत्यु

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

न्यूजमधेश डेस्क
महोत्तरी ,१४ श्रावण। महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

जलेश्वर नगरपालिका वडा नं. १ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका कामदार राउत आज बेलुका करिब ४ : ३० बजे वेल्डिङ गरिरहेको क्रममा अचानक सर्ट सर्किट भई उनको शरीरमा करेन्ट प्रवाहित हुँदा उनको मृत्यु भएको हो ।

मृतक कामदार राउतको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]