१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

बाढीले कैलालीमा हजारौं विस्थापित

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

न्यूजमधेश सम्बादाता
कैलाली,१५ श्रावण । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् ।

भजनीमा दुई हजार २०० परिवार विस्थापित भएका छन् । भजनीका करिब १० हजार नागरिकलाई उच्च स्थानमा सारिएको स्थानीयवासी कुशुम धामीले जानकारी दिनुभयो । भजनीमा विस्थापित भएका परिवारलाई उच्च स्थान र हुलाकी राजमार्गमा राखिएको छ । नगर प्रमुख शेरबहादुर चौधरीका अनुसार सयौं परिवार गाई, भैँसीसहित सडकमा बसेका छन् ।

“नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधि र स्थानीयस्तरमा रहेका उद्धार टोलीको सहयोगमा हजारौं नागरिकलाई उद्धार गरेका छौँ”, नगर प्रमुख चौधरीले भन्नुभयो, “सुरक्षित स्थानमा नअटेकालाई सडकमै राखिएको छ, उनीहरु त्रिपालमा बसेका छन्, वर्षा निरन्तर भइरहेकाले रात गुजार्न कठिन भएको छ ।”

भजनीको वडा नं ८ पूरै विस्थापित भएको छ । वडा नं २ र ३ मा पनि बढी डुबान भएपछि सयौं परिवार विस्थापित भएका छन् । नगर प्रमुख चौधरीले विस्थापित परिवारलाई खाना, त्रिपाल र पानीकोे जोहो गर्न नगरपालिका जुटिरहेको बताउनुभयो । “सबै क्षेत्रबाट सहयोग भइरहेको छ, रेडक्रसकर्मीलगायत स्थानीय राहत तथा उद्धारमा खटेका छन्”, चौधरी भन्नुहुन्छ, “अधिकांश परिवार आफन्तकामा पनि बसेका छन् ।”

मङ्गलबार रातिदेखि आएको अविरल वर्षापछि कैलालीको मध्यवर्ती क्षेत्रका सबै स्थानीय तह डुबानमा परेका छन् । कैलालीको टीकापुर, भजनी, लम्कीचुहा, घोडाघोडी नगरपालिका र जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिका डुबानमा परेका हुन् । यता टीकापुरमा ११ सय ३२ नागरिकलाई उच्च स्थानमा सारिएको छ ।

पथरैया नदी बस्तीमा पसेपछि टीकापुरका वडा नं ६, ७ र ९ का ३९० परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरिएको हो । विस्थापित परिवारलाई नगरपालिकाले निर्माण गरेका उच्च घर र विद्यालयमा राखिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिनुभयो । उहाँले निरन्तर वर्षा जारी रहेकाले क्षतिको विवरण सङ्कलन गर्न नसकिएको बताउनुभयो ।

टीकापुरमा बाढीका कारण बजार क्षेत्रमा व्यापारीको ठूलो क्षति भएको छ । बजार क्षेत्रमा किराना पसल, पुस्तक पसल, कुटानीपिसानी मिल तथा गल्ला मण्डीमा लार्खाँैको क्षति भएको व्यापारीको गुनासो छ । जानकी गाउँपालिका वडा नं १ र ७ का ४१ घरधुरीका १६३ लाई उच्च स्थानमा सारिएको छ । वर्षाका कारण डुबानमा परेका परिवारलाई समयमै उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो ।

कन्द्रा, काँढा र पथरैया नदी सतहभन्दामाथि पुगेपछि जोशीपुर गाउँपालिकाका सबै वडामा डुबान भएको छ । जोशिपुर गाउँपालिकामा पनि सयौँ परिवार विस्थापित भएका वडा नंं १ का वडाध्यक्ष विधिराम चौधरीले बताउनुभयो ।

वर्षाका कारण कृषि क्षेत्रमा पनि ठूलो क्षति भएको छ । टीकापुर वडा नं ७ दिव्यपुरमा पर्यटन व्यवसायी थर्कबहादुर शाहको कृषि फर्ममा ठूलो क्षति भएको छ । उहाँको आठ बिघा जमिनमा लगाइएको केराखेती, माछापालनलगायत सबै खेती नष्ट गरेपछि रु २० लाख बराबरको क्षति भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]