०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मूर्तियामा पुरातात्विक आकृति फेला

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही ,१५ श्रावण ।हरिपुर नगरपालिका वडा नम्बर ९  हजार बिघा मूर्तियामा पोखरी खन्ने क्रममा पुरातात्विक महत्वका आकृति फेला परेका छन् ।

पोखरी खन्ने क्रममा नजीकै रहेको माटोको ढिस्को सम्याउँदा तीन तला भएको एक फिट उचाइ भएको शिवलिङ्ग र शिवलिङ्गको भाग फेला परेको वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो ।

मूर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर रहेको छ भने विभिन्न स्थान उत्खननका क्रममा पुराना धार्मिक सामग्री भेटिने गरेका छन् । पोखरी खन्ने क्रममा भेटिएको शिवलिङ्ग र बसाहा तथा मयूर र सर्पको आकृति भएका पुरातात्विक वस्तु फेला परेका छन् ।

पुरातात्विक महत्वका केही वस्तु पुरातत्व विभागले लगेको र केही चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेको वडाध्यक्ष लुइँटेलले बताउनुभयो । नजिकै मुक्तेश्वर मन्दिर क्षेत्रमा पनि उत्खनन गर्दा पनि त्यस्ता वस्तु फेला पर्न सक्ने जनाइएको छ ।

चक्रेश्वर महादेव मन्दिर संरक्षण समितिको संरक्षणमा रहेका ती पुरातात्विक आकृतिको आफूहरुले पूजाआजा शुरु गरेको मन्दिरका अध्यक्ष रिऋ महतोले बताउनुभयो ।केही दिन पहिला फेला परेका पुरातात्विक महत्वका आकृतिको अवलोकनका लागि पुग्नुभएका नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले मूर्तिया क्षेत्रमा पुरातत्व विभागको टोली ल्याएर अध्ययन गराइने बताउनुभयो ।

पोखरी नजिक भेटिएका मूर्ति अवलोकन गर्न पुग्नुुभएका अध्यक्ष पन्तले सो क्षेत्रका विद्युत्, बाटो र अन्य समस्या समाधान गर्न पनि आफू लागिपर्ने वचन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]