२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

पिसिआर टेस्टको दायरा फराकिलो गर सरकार : युवा नेता रोहिता

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

मनोज बनैता
सिरहा, १५ श्रावण ।
जनता समाजवादी पार्टीका नेता विनोद रोहिताले धनुषाको शहिदनगर नगरपालिका भित्र पिसिआर टेस्टको दायरा फराकिलो गर्न जोडदार माग गरेको छ । रोहिताले आफ्नो जन्मभूमि पर्ने शहिद नगरपालिकाका मेयरलाई घर घरमा स्वास्थ परिक्षणमा लाग्न अनुरोध गरेका छन ।

नेता रोहिताले पुनः लकडाउन घोषणा गर्न समेत प्रदेश सरकारसँग माग गरेका छन । प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमित थपिदैं गएकोले सम्भावित क्षति रोक्न प्रदेश सरकार र स्थानीय सरकारले चासो देखाउनुपर्ने उनको भनाई रहेको छ ।

शहिदनगर नगरपालिकाकाको ३६ वर्षिय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएपछि शहिदनगरका जनता त्रसित बनेको रोहिताको भनाई छ । भेन्टिलेटरको अभावकै कारण उनको मृत्यु हुनु दु:खद हो भन्दै प्रदेश सरकारले अविलम्ब भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने उनको माग रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]