०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

नेपालमा हालसम्म कोरोनाबाट ५२ जना मृत्यु

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं,१५ श्रावण । नेपालमा विहीबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार वीरगन्जका २ जना र मोरङका १ जनाको करोनाले मृत्यु भएको पुष्टि भएको हो ।

मोरङका ४५ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । उनी हिजो दिउँसो कोशी अस्पतालबाट रेफर गरिएका बिरामी हुन ।

प्रतिष्ठानमा आइपुग्दा ती बिरामी वेहोस् अवस्थामा थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको थियो । तर उनको हिजो नै मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि बझाङ बुंगलका एक ६५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो । गत सोमबार तीन जनाको कोरोनाले मृत्यु भएको थियो । वीरगञ्जको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएका एकजना ६५ वर्षीय भारतीय नागरिकमा कोरोना पुष्टि भएको थियो।

यसैगरी धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३६ वर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

त्यस्तै बाराको फेटा गाउँपालिका( ३ का एक ६० वर्षीय पुरुषको त्रिवि क्षियण अस्पताल महाराजगंञ्जमा उपचारका क्रममा निधन भएको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं। २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका(९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका(१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका(११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट(४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी(७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका(५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको छ ।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको छ भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी, गोरखा पालुङटार नगरपालिका( ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यसैगरी काठमाडौं महानगरपालिका १० शंखमूलका ६० वर्षका पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी(६ का ४५ वर्षीय पुरुष र रौटहट परूवा नगरपालिका(७ निवासी ३६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु छ भने धनुषाका ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

त्यस्तै ५९ वर्षीय चिनयाँ महिलाको साउन २ गते काठमाडौं ग्रान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको छ । त्यसैगरी वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको गत साउन ७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पर्सा वीरगञ्ज (११ की ८५ वर्षीय महिलाको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । उनको नारायण अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । त्यसैगरी नारायणी कोरोना विषेश अस्पतालमा उपचारत बाराकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार नेपालमा आज थप ३ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]