०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

सिरहाका छ स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्

Logo
प्रकाशित शुक्रबार, साउन १६, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,१६ श्रावण । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका छ स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढ्ेको छ ।

सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तहमध्ये छ स्थानीय तहले निर्धारित समयभित्र बजेट ल्याउन असफल भएका हुन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको थियो ।

समयमै बजेट नआएमा सङ्घीय सरकारबाट सम्बन्धित स्थानीय तहमा जाने अनुदान र राजस्व बाँडफाँटको प्रवद्र्धनमा समस्या पर्ने चेतावनीसहित अर्थमन्त्रालयले पत्राचार गरेपछि भने १७ स्थानीय तहमध्ये ११ स्थानीय तहले मात्रै गाउँ तथा नगरसभामा बजेट पेश गरेको छ । सिरहामा आठ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । पाँच गाउँपालिका र एक नगरपालिका गरी छ स्थानीय तहले अझै गाउँ तथा नगरसभामा बजेट पेश गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख राधेश्याम गिरीले जानकारी दिनुभयो ।

नरहा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र बरियारपट्टी गाउँपालिका गरी पाँच गाउँपालिकाले गाउँसभा गर्न नसकेको प्रमुख गिरीले बताउनुभयो । उहाँका अनुसार सिरहा नगरपालिकाले पनि नगरसभामा बजेट पेश गर्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]

सिरहा । नेपालमा नौलो गणतन्त्रको विकल्प नरहेको दावी जनमत पार्टीका केन्द्रीय सदस्य रामेश्वर यादवले गरेका छन् । शुक्रबार आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । यसका लागि उनले नेता कार्यकर्तालाई गाउँ-गाउँमा मुहिम चलाउन आग्रह गरे । नौलो गणतन्त्र आएपछि मात्रै जनताले यो देशमा अपनत्व र राज्य भएको महसुस गर्न पाउने […]