१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

घरमै बसेर बकर इद मनाउन इन्चार्ज साहको आग्रह

Logo
प्रकाशित शनिबार, साउन १७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१७ श्रावण । जनमत पार्टी धनुषा इन्चार्ज अनिता साहले कोरोना भाइरसको महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद इदुल जोहा पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई आग्रह गरेकी छन् ।

शनिबार न्यूजमधेश संग कुरा गर्दै इन्चार्ज अनिता साहले बकर इदका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी मधेशी दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै इन्चार्ज साहले यस्तो आग्रह गरेकी हुन् ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेकी छिन ।

उनले सबैको सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

इन्चार्ज साहले मुस्लिम समुदायले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एकआपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार-विमर्श गरेको छ। पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो। बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरूले आफ्नो धारणा राखेको जसपाका प्रवक्ता मनिष सुमनले […]