३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

न्यूजमधेश सम्बादाता
कञ्चनपुर,१८ श्रावण । लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम आरआइटीले २२ दशमलव ९० ग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालमा बेच्नका लागि ल्याइएको ब्राउनसुगरसहित भारतको पिलिभित कम्पोजनगर पतैयाका गोविन्द सिंह र राजवीर सिंहलाई पक्राउ गरिएको आरआइटीका प्रहरी सहायक निरीक्षक पदम थापाले बताउनुभयो ।

पक्राउ गरिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]