२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

उदयपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

न्यूजमधेश सम्बादाता
उदयपुर,१८ श्रावण ।जिल्लाको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आज दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी जवान र एक आन्दोलनकारी घाइते भएका छन् ।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली काँग्रेस, सङ्घीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेको र सो कार्यक्रम बरगाछी बजारको जनजाति हल परिसरमा गर्ने सम्झौता भएको थियो । बरगाछी क्षेत्रमा कोरोना सङ्क्रमण व्यापक फैलिएको कारण २५ जनामात्र भेला भएर कार्यक्रम गर्ने भनिए पनि ५०० भन्दा बढीको सङ्ख्या आन्दोलनकारी आएर नगरपालिकाको कार्यालय नै तोडफोड गर्न खोजेको र नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि सुरक्षामा बसेका प्रहरी र आन्दोलनकारीबीच झडप भएको इप्रका रापुरले बताएको छ ।

आन्दोलनकारीको ढुङ्गा लागेर प्रहरी जवान राजकुमार बुढाथोकीको टाउकोमा गम्भीर चोट लागेको छ भने आन्दोलनकारीपट्टि पनि एकजना घाइते भएको इप्रका रामपुर ठोक्सिलाका प्रमुख तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताउनुभयो । नगरपालिका हल परिसरमा प्रहरीले कार्यक्रम गर्न नदिएपछि अहिले आन्दोलनकारीहरुले नगपालिकाको गेटबाहिर कार्यक्रम गरिरहेको प्रहरीले जनाएको छ ।

यता नेकपा पार्टी बेलका नगरपालिकाले पनि विपक्षीले बेमौसमी आन्दोलन गरेर बेलका नगरपालिकामा अतिक्रमण गर्न खोजेको भन्दै एक विरोध जुलुस निकालेर अहिले स्थानीय बुद्धचौकमा सभा गरिरहेको प्रहरीले उल्लेख गरेको छ । बेलकामा दिनदिनै कोरोना सङ्क्रमण बढ्दै गइरहेको र केही दिनदेखि यता बेलकाको बरगाछी तथा रामपुर बजार क्षेत्रलाई सिल गरेर हिँड्डुल आवतजावतमा रोक लगाइएको भए पनि राजनीतिक दलले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]