३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

Logo
प्रकाशित बुधबार, साउन २१, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही ,२१ श्रावण । जिल्लाको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह रु २५ हजार धरौटीमा रिहा हुनुभएको छ । जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले रु २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै रु एक लाख र छोटेलाल सहनी रु २५ हजार धरौटीमा रिहा भइसकेका तथा गाउँपालिका अध्यक्षलाई सोमबार रु २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिनुभयो ।

गएको असार १४ मा धनकौल गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २० घाइते भएका थिए । घाइतेमध्ये नेकपाका केही कार्यकर्तालाई गोलीसमेत लागेको थियो । घटनामा गाउँपालिकाका अध्यक्ष साहले गोली चलाएको आरोप नेकपाले लगाउँदै आएको छ ।

साह काँग्र्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । असार ६ मा जिल्लाकै रामनगर गाउँपालिका–४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको हत्या भएको थियो । यादवको हत्याको विरोधमा धनकौलमा नेकपाले निकालेको विरोध ¥यालीमा गोली चल्दा तीन प्रहरीसहित २० प्रदर्शनकारी घाइते भएका थिए । गोली प्रहार घटनामा प्रदेश नं २ का प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको समेत हात रहेको नेकपाका कार्यकर्ताको आरोप छ ।

सांसद सिंहविरुद्धको उजुरी भने प्रहरीले दर्ता गर्नै नमानेको नेकपाले आरोप लगाएको छ । घाइतेहरुले सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध त्यतिबेलै किटानी जाहेरी दिएका थिए । दबाब बढेपछि प्रहरीले सांसद सिंह र अध्यक्ष साहको घरबाट समेत लाइसेन्स प्राप्त बन्दुक बरामद गरेर अनुसन्धान अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]