२३ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

बन्दाबन्दी खुलेपछि सीमामा तस्करी वृद्धि

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

न्यूजमधेश सम्बादाता
झापा ,२२ श्रावण । बन्दाबन्दी खुलेसँगै सीमा क्षेत्रमा तस्करी धन्दा सलबलाएकोे छ । साउन महिनामा मात्र झापाको प्रहरीले रु २० लाखभन्दा बढी मूल्यका तस्करीका सामान दशगजाबाट बरामद गरी भन्सारमा बुझाएको देखिन्छ ।

झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर र कुमरखोदबाट विगतदेखि नै तस्करी धन्दा हुने गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीमा सरकारले बन्दाबन्दी लागू गरेपछि सीमा क्षेत्रमा अवैध धन्दा ठप्प प्रायः थियो तर बन्दाबन्दी खुलेसँगै सीमाका गौँडाहरुमा अवैध धन्दावाल सक्रिय हुन थालेका छन् ।

यही साउन १२ गते राति डेढ बजे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी गस्ती टोली मेचीनगर–४ बाहुडाँगीको उत्तरी सीमाक्षेत्र प्रसादगौडामा पुग्दा नेपालबाट ठूलो मात्रामा सुपारी भारततर्फ तस्करी गर्ने प्रयास हुँदै थियो । प्रहरी पुग्नासाथ तस्करहरुको भागाभाग भयो । दशगजाबाट प्रहरीले रु चार लाख ४१ हजार बराबरको सुपारी बरामद ग¥यो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले सीमामा अवैध धन्दा रोक्न प्रहरीको निगरानी बढाइएको बताउनुभयो । बन्दाबन्दी खुलेसँगै जनजीवन सामान्य हुन थालेपछि तस्करहरुले गतिविधि बढाउनसक्ने आकलन गरेरै सीमा क्षेत्रका गौडाहरुमा गस्तीलाई चनाखो बनाइएको उहाँको भनाइ छ ।

तस्करहरुले रातिको मौका छोपेर धन्दा चलाउने प्रयास गरिरहेका छन् । साउन १७ गते राति साढे १२ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्तीसँग दशगजा क्षेत्रमा तस्करहरुको जम्काभेट भयो । तस्करहरुले रु तीन लाख मूल्य बराबरको लत्ताकपडा छाडेर भागेपछि ती सामान बरामद गरी प्रहरीले भन्सार कार्यालयमा बुझाएको थियो ।

स्थानीयवासीका अनुसार धन्दावालहरुले भारतबाट कपडा, मोबाइल सेट, सुर्ती, रासायनिक मल, चिनी, खानेतेल, मोटर पार्ट्सलगायतका सामान तस्करी गरेर नेपाल ल्याउने गर्छन् भने नेपालबाट सिङ्गापुरे सुपारी, मटर, मरीचलगायतका सामान भारततिर लैजाने गरेका छन् । मङगलबार राति प्रहरीको गस्तीले काँकडभिट्टा मूल भन्सार नाकाबाट एक किलोमिटर दक्षिण मेचीनगर–७ गैरीगाउँमा रु चार लाख ७५ हजार मूल्य बराबरका १९ थान महङ्गा मोबाइल सेट बरामद गरेको थियो । भारतबाट लुकाइछिपाई नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दशगजामा ती सामान बरामद गरेको हो ।

तीन दिनअघि प्रहरीले ज्यामिरगढी र कुमरखोदबाट दशगजा क्षेत्रबाटै रु आठ लाख ५२ हजार ५०० मूल्य बराबरका लत्ताकपडा बरामद गरेको थियो । बन्दाबन्दी खुल्नुअघिसम्म भारतसँगको सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो सङ्ख्या परिचालन गरिएको थियो तर प्रदेश प्रहरी कार्यालयबाट आएका र जिल्लाकै आधाजसो प्रहरीहरु अन्य कामका लागि सीमाबाट फिर्ता भएका छन् । सीमामा प्रहरीको तैनाथी खुकुलो भएको मौकामा तस्करी गतिविधि बढेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ। कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]