३० माघ २०८१, बिहिबार
13-02-2025 , Thu
×

प्रदेश नं २ कोरोना सङ्क्रमणको उच्च जोखिममा

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

प्रभाषचन्द्र झा/अजयकुमार साह
जनकपुरधाम ,२३ श्रावण । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ ।

निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आपूmलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना सङ्क्रमणमा निरन्तर वृद्धि भइरहेको देखिएको हो । यो प्रदेशको सप्तरी, सर्लाही, पर्सा जिल्लाभर र धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर बजारमा साउन २६ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने आजदेखि सिराहाको लहानमा पनि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिहीबार आपूm कोरोनाबाट सङ्क्रमित भएको विषय सार्वजनिक गरेर आफ्नो सम्पर्कमा आउनुभएका सबैलाई पिसिआर प्रविधिबाट परीक्षण गराउन आह्वान गर्नुभएको हो । उहाँ बिहीबारदेखि आफ्नै निवासमा आइसोलेशनमा बसेर उपचार गराइरहनुभएको छ । उहाँको दोस्रोपटक पनि स्वाबको परीक्षणको नतिजा पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय जनकपुरले जनाएको छ ।

यस प्रदेशका अस्थायी राजधानी जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, समाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका केही कर्मचारी कोरोनाबाट सङ्क्रमित भएपछि मन्त्रालय सुनसानको अवस्थामा देखिन थालिएको छ । अतिआवश्यक कामबाहेक कर्मचारी आआफ्नै घरबाट काम गरिरहेका छन् । सेवाग्राही पनि कोरोनाको डरले आउन छोडेपछि मन्त्रालयका साथै जनकपुरका अधिकांश कार्यालय सुनसानको अवस्थामा पुगेको हो ।

यस प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको छ । भारतमा कोरोनाको सङ्क्रमण उच्च अवस्थामा पुगेको छ । भारतीय सीमावर्ती क्षेत्रका कतिपय बासिन्दा कोरोनाबाट सङ्क्रमित रहेको पाइएको छ । सीमावर्ती क्षेत्रबाट लुकिछिपी नेपाल पस्ने गरेकाले कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।

यस सम्बन्धमा, मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि सुरक्षा समितिको बैठक आह्वान गरी भारतीय सीमावर्ती क्षेत्रबाट अनिधिकृत रुपमा पस्न नदिनका लागि सुरक्षा सयन्त्रलाई अझ कडाइ गर्न निर्देशन दिनुभएको थियो । साउन १२ गतेसम्म यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ४३३ थियो भने साउन २२ गतेसम्म क्रमिकरुपमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि भई पाँच हजार ३३५ पुगेको छ । यस प्रदेशको पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित छ ।

यस प्रदेशमा कोरोनाबाट सङ्क्रमित भएका कारण बिहीबार अपराह्नसम्म २२ जनाको मृत्यु भइसकेको छ । सोमध्ये सवैभन्दा बढी पर्साबाट १४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमणको सङ्ख्याको पर्सा, धनुषा र सप्तरी जिल्लामा अत्यधिकरुपमा वृद्धि भएको छ । कर्मचारी, स्वास्थ्यकर्मी, नेपाली सेना र सुरक्षाकर्मीमा विगतको तुलनामा अत्यधिकरुपमा सङ्क्रमित हुन थालेपछि सर्वसाधारणमा थप त्रास बढेको देखिएको छ ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि सबैभन्दा पहिले आपूm सचेत हुनुपर्ने, विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको उपाय र सचेतना पालना गर्न गराउनेतर्फ सबैलाई सजग भएर जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्ने देखिएको रामयुवा कमिटीका पूर्वअध्यक्ष प्रमोदकुमार चौधरीको सुझाव छ ।

सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४

पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा ३१ महिलासहित १७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सा जिल्लामा १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा नौ, रौतहटमा चार र बारामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ५१४ पुगेको समाजिक विकास मन्त्रालयद्वारा आज जारी गरिएको तथ्याङ्कमा उल्लेख छ ।

यस प्रदेशमा सङ्क्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार ३०४ छन् । कोरोना सङ्क्रमणबाट यस प्रदेशमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । एक सातादेखि क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा क्रमिकरुपमा वृद्धि हुन थालेको छ । प्रदेशअन्तर्गत २२८ वटा क्वारेन्टिनमा अहिले एक हजार २८९, होम क्वारेन्टिनमा दुई हजार ६९१ र आइसोलेशन कक्षमा एक हजार ७२ जना बसेका छन् । यो प्रदेशमा अहिलेसम्म ६६ हजार १५६ जनाको स्वाबको नमूनाको परीक्षण गरिएकामा ५६ हजार ४८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार १६० जनाको रिपोर्ट आउन बाँकी छ ।

मुख्य प्रशासनिक मधेश भवनमा प्रवेश निषेध

प्रादेशिक अस्पताल जनकपुरका पाँच जना कर्मचारीसहित प्रदेश नं २ मा चिकित्सक, सेना, प्रहरी, कर्मचरी र कारागारमा रहेको कैदीबन्दीलगायतमा कोरोना सङ्क्रमण भेटिएपछि सबैमा त्रास बढेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेशप्रसाद यादवले जानकारी दिनुभयो ।

प्रदेश नं २ का मन्त्री र कर्मचारीमा कोरोना देखिएपछि मुख्य प्रशासनिक भवनमा मधेश भवनमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य डा रिना यादव, मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीमा सङ्क्रमण भेटिएपछि प्रदेश नंं २ सरकारको मुख्यालय तथा प्रशासनिक निकाय भएको मधेश भवन सुनसान देखिएको छ ।

कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै मुख्यमन्त्रीसहित केही मन्त्री वर्क फ्रम होम अर्थात् निवासबाटै कार्य सञ्चालनमा जुटेको छन् भने केही मन्त्री आफ्नो गृह जिल्ला पुगेका छन् । मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार सङ्क्रमित कर्मचारीहरु आइसोलेशनमा भर्ना भएका छन् भने केही कर्मचारी निवासबाटै काम गरिरहेका छन् । मन्त्रालयका अधिकांश शाखामा ताल्चा लगाइएको छ ।

मधेश भवनको मुख्यद्वारमा सुरक्षार्थ खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भवनमा प्रवेश दिएका छैनन् । मन्त्रीको निर्देशनबमोजिम अनुमतिविना कसैलाई भित्र प्रवेश गर्न दिइएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृतसहित छ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय सिल गरिएको सूचना टाँस गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहित आठ कर्मचारी, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारी तथा मुख्यमन्त्री कार्यालयका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अरुमा पनि सङ्क्रमण सर्ने जोखिम देखिएपछि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]