३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

निषेधाज्ञा जारी भएको समयमा सयौं मलामी गएको फोटो तानेपछि पत्रकार कर्णको परिवारमाथि आक्रमण

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

न्यूजमधेश डेस्क
सप्तरी, २७ श्रावण । मृत्यु भएका पुरुषको अन्तिम संस्कारका लागि भींड लगाएर मलामी पुगेको तस्वीर कैद गर्ने सप्तरीका एक जना पत्रकारमाथि नै हमला गरिएको छ ।
सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । शवको अन्तिम संस्कार गर्नका लागि झण्डै २ सय जना मलामी गएको पाइएपछि पत्रकार परिष कर्णले त्यसको तस्वीर लिका थिए ।

कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा यत्रो भींड जम्मा गरेको देखेपछि आफूले फोटो लिएको पत्रकार कर्णले बताएका छन् ।
फोटो लिएर उनी फर्किए लगत्तै मलामी गएकामध्ये ८÷१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुई जना भाईलाइ कुटपिट गरेको कर्णले बताएका छन् ।

‘म त्यो फोटा खिंचेर कार्यालयतर्फ निस्केको केहि बेरमै ती समूह घरभित्र पसेर कसले हाम्रो फोटो तान्यो भन्दै जथाभावी तरिकाले परिवारमाथि हातपात गरेका छन्’ पत्रकार कर्णले भने ।

पत्रकार कर्णका भाई अन्जयले भने, “हामीलाई बोल्ने मौका नै नदिई आफूहरुमाथि हातपात गर्न थाले ।”

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा यो घट्नाले पत्रकार र उनका परिवार असुरक्षित भएको देखिएको बताएका छन् । घट्नामा संलग्न व्यक्तिलाई अबिलम्ब छानबिन गरी दोषीलाई कार्वाही गर्न उनले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]