१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

निषेधाज्ञा जारी भएको समयमा सयौं मलामी गएको फोटो तानेपछि पत्रकार कर्णको परिवारमाथि आक्रमण

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

न्यूजमधेश डेस्क
सप्तरी, २७ श्रावण । मृत्यु भएका पुरुषको अन्तिम संस्कारका लागि भींड लगाएर मलामी पुगेको तस्वीर कैद गर्ने सप्तरीका एक जना पत्रकारमाथि नै हमला गरिएको छ ।
सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । शवको अन्तिम संस्कार गर्नका लागि झण्डै २ सय जना मलामी गएको पाइएपछि पत्रकार परिष कर्णले त्यसको तस्वीर लिका थिए ।

कोरोना संक्रमणबाट जोगिन जिल्लामा निषेधाज्ञा लगाइएको समयमा यत्रो भींड जम्मा गरेको देखेपछि आफूले फोटो लिएको पत्रकार कर्णले बताएका छन् ।
फोटो लिएर उनी फर्किए लगत्तै मलामी गएकामध्ये ८÷१० जनाको समूह उनको घरभित्र पसेर आमा र दुई जना भाईलाइ कुटपिट गरेको कर्णले बताएका छन् ।

‘म त्यो फोटा खिंचेर कार्यालयतर्फ निस्केको केहि बेरमै ती समूह घरभित्र पसेर कसले हाम्रो फोटो तान्यो भन्दै जथाभावी तरिकाले परिवारमाथि हातपात गरेका छन्’ पत्रकार कर्णले भने ।

पत्रकार कर्णका भाई अन्जयले भने, “हामीलाई बोल्ने मौका नै नदिई आफूहरुमाथि हातपात गर्न थाले ।”

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा यो घट्नाले पत्रकार र उनका परिवार असुरक्षित भएको देखिएको बताएका छन् । घट्नामा संलग्न व्यक्तिलाई अबिलम्ब छानबिन गरी दोषीलाई कार्वाही गर्न उनले माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]