२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

प्रेस मन्च नेपालद्वारा पत्रकारसँग सदस्यता नवीकरण शुल्क मिनाह गर्न माग

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ श्रावण । कोरोनाभाइरस महामारीले निम्त्याएको विषम परिसिथितिका कारण सञ्चार जगतसमेत अछुतो नरहेको भन्दै श्रमजीवी सञ्चारकर्मी मार्कामा परेका कारण प्रेस मञ्च नेपालले सोमबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै सदस्ता नवीकरण शुल्क मिनाह गर्न माग गरेको हो ।

नेपाल पत्रकार महासङ्घले प्रत्येक वर्ष पत्रकारसँग नवीकरण शुल्क वापत १ हजार रुपैयाँ लिनेगरेको छ । चार/चार वर्षमा सङ्घले पत्रकारहरुसँग यो रकम उठाएर केहि रकम पत्रकार कल्याणकारी कोषमा जम्म गर्ने गरेको छ । तर कोरोनाभाइरस महामारीका कारण श्रमजिवी पत्रकार मर्कामा परेका छन्, कतिपयले आफ्नो जागिर गुमाएका छन् भने कतिपयले समयमा तलब पाउँन सकेका छैनन् ।

यस्तो अवस्थामा सञ्चारकर्मीहरुले एकमुष्ट चार वर्षको नवीकरण शुल्क तिर्ने सक्ने अवस्था नरहेको मञ्चले बताएको छ । मञ्चले अहिलेको अवस्थामा पत्रकार कल्याणकारी कोषमा जम्मा रहेको रकमबाट सञ्चारकर्मीहरुको नवीकरण शुल्क तिरिदिनु पर्ने माग समेत गरेको छ । सञ्चारकर्मीहरुले तिर्ने नवीकरण शुल्कबाट आधा रकम पत्रकार कल्याणकारी कोषमा जम्मा हुनेगरेको छ ।

‘यतिबेला कोभिड१९ को महामारीमा सबै श्रमजिवी पत्रकार मर्कामा छौँ । कतिपयले जागिर गुमाएका छन् भने कतिपयले समयमा तलव पाउन सकेका छैनन् । यस्तो विषम परिस्थितिमा एकमुष्ट चार वर्षको सदस्यता नविकरण गर्दा ४ हजार रुपैयाँ जम्मा गर्न ठुलै संकट आइपरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘छाता संगठनको आवश्यकता र महत्त्व भनेको यस्तै संकटका बेला हो । यसर्थ महासङ्घले सकेसम्म यो वर्षको नविकरण शुल्क नलिई कल्याणकारी कोष मार्फत आफ्ना सदस्यलाई राहत दिए राम्रो ।’

मञ्चले सम्पूर्ण शुल्क मिनाह गर्न सम्भव नभएको खण्डमा कल्याणकारी कोषमा जम्मा हुने रकम घटाएर नविकरण गर्ने वा एकमुष्ट ४ वर्षको नविकरण गर्दा कल्याणकारी कोषमा जम्मा हुने रकम ५० प्रतिसत सहुलियत दिने व्यवस्था मिलाउन माग गरेको छ ।

मञ्चले यस विषयमा सञ्चारकर्मीको हकहितका लागि कारम गर्ने प्रेस संगठन, प्रेस युनियन, प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार सङ्घ, मधेसी पत्रकार लगायत सङ्घ संगठनसँग पहल गर्न आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]