३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

प्रेस मन्च नेपालद्वारा पत्रकारसँग सदस्यता नवीकरण शुल्क मिनाह गर्न माग

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ श्रावण । कोरोनाभाइरस महामारीले निम्त्याएको विषम परिसिथितिका कारण सञ्चार जगतसमेत अछुतो नरहेको भन्दै श्रमजीवी सञ्चारकर्मी मार्कामा परेका कारण प्रेस मञ्च नेपालले सोमबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै सदस्ता नवीकरण शुल्क मिनाह गर्न माग गरेको हो ।

नेपाल पत्रकार महासङ्घले प्रत्येक वर्ष पत्रकारसँग नवीकरण शुल्क वापत १ हजार रुपैयाँ लिनेगरेको छ । चार/चार वर्षमा सङ्घले पत्रकारहरुसँग यो रकम उठाएर केहि रकम पत्रकार कल्याणकारी कोषमा जम्म गर्ने गरेको छ । तर कोरोनाभाइरस महामारीका कारण श्रमजिवी पत्रकार मर्कामा परेका छन्, कतिपयले आफ्नो जागिर गुमाएका छन् भने कतिपयले समयमा तलब पाउँन सकेका छैनन् ।

यस्तो अवस्थामा सञ्चारकर्मीहरुले एकमुष्ट चार वर्षको नवीकरण शुल्क तिर्ने सक्ने अवस्था नरहेको मञ्चले बताएको छ । मञ्चले अहिलेको अवस्थामा पत्रकार कल्याणकारी कोषमा जम्मा रहेको रकमबाट सञ्चारकर्मीहरुको नवीकरण शुल्क तिरिदिनु पर्ने माग समेत गरेको छ । सञ्चारकर्मीहरुले तिर्ने नवीकरण शुल्कबाट आधा रकम पत्रकार कल्याणकारी कोषमा जम्मा हुनेगरेको छ ।

‘यतिबेला कोभिड१९ को महामारीमा सबै श्रमजिवी पत्रकार मर्कामा छौँ । कतिपयले जागिर गुमाएका छन् भने कतिपयले समयमा तलव पाउन सकेका छैनन् । यस्तो विषम परिस्थितिमा एकमुष्ट चार वर्षको सदस्यता नविकरण गर्दा ४ हजार रुपैयाँ जम्मा गर्न ठुलै संकट आइपरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘छाता संगठनको आवश्यकता र महत्त्व भनेको यस्तै संकटका बेला हो । यसर्थ महासङ्घले सकेसम्म यो वर्षको नविकरण शुल्क नलिई कल्याणकारी कोष मार्फत आफ्ना सदस्यलाई राहत दिए राम्रो ।’

मञ्चले सम्पूर्ण शुल्क मिनाह गर्न सम्भव नभएको खण्डमा कल्याणकारी कोषमा जम्मा हुने रकम घटाएर नविकरण गर्ने वा एकमुष्ट ४ वर्षको नविकरण गर्दा कल्याणकारी कोषमा जम्मा हुने रकम ५० प्रतिसत सहुलियत दिने व्यवस्था मिलाउन माग गरेको छ ।

मञ्चले यस विषयमा सञ्चारकर्मीको हकहितका लागि कारम गर्ने प्रेस संगठन, प्रेस युनियन, प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार सङ्घ, मधेसी पत्रकार लगायत सङ्घ संगठनसँग पहल गर्न आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]