२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

जनमत पार्टीको संगठन कमला नगरपालिकामा विस्तार

Logo
प्रकाशित मंगलबार, साउन २७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन धनुषाको कमला नगरपालिकामा विस्तार गरिएको छ।

जनमत पार्टीका नेता एवम् क्षेत्र नं.२ का क्षेत्रीय संयोजक उपेन्द्र रोहिताको अध्यक्षतामा कमला नगरपालिका वडा नं.६ मा बसेको बैठकबाट सर्वसहमतीले दयाराम पासवानलाई वडाध्यक्षमा चयन गरिएको छ।

त्यसैगरी वडा समितिको सह-संयोजकमा संजिव मुखिया,सचीवमा बिनोद दास, सह-सचिवमा सुनिल दास,कोषाध्यक्षमा धनजित मुखिया समेत रहेको छ।

त्यसैगरी जितेन्द्र कुमार मुखिया,प्रदिप मुखिया ,गंगाराम पासवान,राकेश मुखियालगाइत ३२ सदस्यीय वडा समिती गठन भएको छ।

सो संगठन विस्तार एवम् समिती निर्माण कार्यक्रममा विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य विद्यार्थी नेता नविन पण्डित ,युवा नेता श्रावण मण्डल ,युवा नेता किलेश मण्डलसहितका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा संगठन विस्तार भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]