२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाजसेवी गिरीको निधनले जनकपुरमा शोक

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ श्रावण । समाजसेवी कृष्ण गिरीको मृत्युको खवरले जनकपुरमा शोक छाएको छ ।

कोरोना सङ्क्रमण देखिएपछि साउन ५ गते विमान चार्टर गरेर उहाँलाई काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको ७३ वर्षको उमेरमा गएराति निधन भएको परिवारले जनाएको छ । उहाँको दुई छोरा र एक श्रीमती छन् ।

नेपाल परिवार नियोजन सङ्घ धनुषाको संस्थापक अध्यक्ष हुनुका साथै लगातार २५ वर्षसम्म अध्यक्ष भएर सफलतापूर्वक भूमिका निर्वाह गर्नुभएका गिरी सो संस्थाको केन्द्रीय उपाध्यक्षमा समेत भइसक्नुभएको छ । विसं २०४४ देखि २०४६ सम्म जनकपुर नगरपालिकाका मेयर रहनुभएका उहाँ नेपालमा पुनः प्रजातन्त्र स्थापना भएपछि नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्नुभयो ।

नेपाली काँग्रेस धनुषाको महासमिति सदस्य रहनुभएका गिरी जनकपुरस्थित रामा होटलका सञ्चालक हुनुहुन्छ । जनकपुरका साथै धनुषा जिल्ला समाजसेवाको क्षेत्रमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँको निधनले जनकपुरलाई धेरै क्षति भएको उल्लेख गर्दै रामयुवा कमिटि जनकपुरका पूर्वअध्यक्ष प्रमोद चौंधरीले कृष्ण गिरी निष्ठावान, इमान्दार एवम् स्वच्छ छविका समाजसेवी हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]