३० आषाढ २०८२, मंगलबार
15-07-2025 , Tue
×

कोरोना रोकथामका लागि अढाई करोड खर्च

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

न्यूजमधेश सम्बादाता
कञ्चनपुर,२८ श्रावण । महाकाली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अढाई करोड खर्च भएको छ । महाकालीमा रु दुई करोड ४० लाख ७७ हजार रकम खर्च गरिएको हो ।

महाकाली नगरपालिकामा सबैभन्दा बढी राहत वितरणमा खर्च भएको देखिएको छ । कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार राहतमा रु ४३ लाख २७ हजार खर्च भएको छ ।

सार्वजनिक खर्चअनुसार क्वारेन्टिन निर्माणमा रु ३४ लाख १० हजार, क्वारेन्टिन सामग्रीमा १३ लाख २१ हजार, क्वारेन्टिन खानामा सात लाख, आइसोलेसन निर्माण तयारी सात लाख ८७ हजार खर्च गरिएको छ ।

यसैगरी आइसोलेसन व्यवस्थापनमा रु १४ लाख, आइसोलेसन खानामा २३ लाख, औषधिमा सात लाख ४१ हजार, औषधिजन्य सामग्रीमा ३० लाख ५६ हजार, स्वास्थ्य उपकरण चार लाख ५९ हजार, जोखिम भत्ता १३ लाख ८५ हजार, यातायात खर्च पाँच लाख २५ हजार र ३० लाख अन्य खर्च गरिएको छ ।

महाकाली नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकामा रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]