०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

कोरोना भाइरस नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका : डब्लुएचओ प्रमुख

Logo
प्रकाशित बिहिबार, साउन २९, २०७७

न्यूजमधेश सम्बादाता
जेनेभा ,२९ श्रावण । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )का प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले प्रायजसो युवापुस्ता कोरोना भाइरस महामारीमा गम्भीर जोखिम समूह नभएको तर उनीहरूले महामारी फैलिन रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।

उहाँले बुधबार जेनभामा पत्रकारहरूसँगको कुराकानीमा उक्त कुरा बताउनुभएको हो । विश्वप्रतिको साझा दायित्वलाई विश्वभरका युवाहरूले वहन गरेको जिम्मेवारीप्रति खुशी व्यक्त गर्दै कोरोना भाइरस महामारीबाट युवा पुस्ताको भविष्यमा परेको प्रभावप्रति दुःख पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “भाइरसले स्वास्थ्यमा मात्र नभई अर्थतन्त्र, रोजगार, शिक्षा प्रणालीमा पनि प्रभाव पारेका बताउनुभयो ।” उहाँले युवासँग महामारीबारे जानकारी लिन र स्वास्थ्यका लागि हितकर हुने छनौट गर्न आह्वान पनि गर्नुभयो ।

उहाँले विभिन्न संगठन, संस्थान तथा सरकारसँग युवाको प्रस्ताव सुन्न, महामारीको रोकथाम तथा नियन्त्रण क्षेत्रमा युवालाई सम्लग्न हुन प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आह्वान गर्नुभयो ।

अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ । कोरोना भाइरस महामारीको पृष्ठभूमिमा चालु वर्षको विषयसूची ‘विश्व कारवाहीमा युवाको संलग्नता’ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]