१२ मंसिर २०८२, शुक्रबार
28-11-2025 , Fri
×

एउटै घटनामा दुई सन्तान गुमाएकी कमलाले राहत पाइनन्

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

चन्द्रकला भण्डारी
झापा ,३० श्रावण । दुई सन्तान एउटै घटनामा गुमाएको पीडा । तीन साता बितिसक्यो, हालखबर सोध्नसमेत कोही आउँदैनन् । पोखरीमा डुबेर दुई छोरा गुमाएपछि झापाको भद्रपुर–२ निवासी कमला थामीको दिनरात रोएरै बित्ने गरेको छ ।

गत साउन ७ गते मावली घर भद्रपुर–२ मा रहेका बेला उनका दुई छोरा १४ वर्षीय करण थामी र ११ वर्षीय अर्जुन थामीको कमलधाप सिमसारका लागि खनिदै गरेको पोखरीमा डुबेर मृत्यु भएको थियो । उनीहरुसँगै सोही स्थानका अनिल तामाङको १० वर्षका छोरा अङ्कुशको पनि मृत्यु भएको थियो ।

पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको भोलिपल्ट भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठसहित कमलधाप पर्यटकीय विकास समिति र पोखरी खन्ने निर्माण कम्पनीसँग मृतकका परिवारको पाँच बुँदे लिखित सहमति भएको थियो । सहमतिमा पीडित परिवारलाई रु १० लाख राहत र रोजगारी प्रदान गर्ने विषय उल्लेख गरिएको थियो तर हालसम्म सो सहमति कागजमै सीमित रहेको परिवारको आरोप छ ।

विर्तामोड नगरपालिका–९ घर भएकी कमलाका पति १० वर्ष अघि वैदेशिक रोजगारमा गए पनि उतै बेपत्ता बने । श्रीमान् बेपत्ता बनेपछि माइतीको सहारामा बस्न छोरा लिएर भद्रपुर–२ डिगाउँ पुगेकी कमला अहिले एक्लो बनेकी छिन् ।
“अहिलेसम्म खोइ कसैले कुनै राहत दिएको छैन”, उहाँले भन्नुभयो, “सम्पतिको नाममा तिनै छोरा थिए, ती पनि गुमाएँ । राहत दिन बनेको समितिसमेत एकपटक फर्केर आएको छैन ।”

थामी समाज झापाका अध्यक्ष मेघराज थामीका अनुसार भद्रपुर नगरपालिका, कमलधाप पर्यटकीय विकास समिति र पोखरी खन्ने निर्माण कम्पनीसँग भएको सहमतिको एउटा बुँदामा तीनै जना बालकको परिवारलाई १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भनिएको थियो ।

अर्को बुँदामा मृतकका परिवारका एक÷एक सदस्यलाई कमलधापमा सञ्चालित परियोजनामा रोजगारीको व्यवस्था गर्ने र पुनः यस्तै घटना नदोहोरियोस् भनेर निर्माणस्थलमा सुरक्षाको व्यवस्था गर्ने उल्लेख थियो ।

सम्झौतापत्रमा भद्रपुर नगरपालिकाका प्रमुख श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष भीमबहादुर सुब्बा, विर्तामोड–९ का वडा सदस्य हरि चम्लागाईं र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाज झापाका अध्यक्ष थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बा थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ ।

“पीडित परिवारको अवस्था दयनीय छ, छिटोभन्दा छिटो राहत र रोजगारी प्रदान गर्न अग्रसर हुन जरुरी छ”, थामी समाजका अध्यक्ष मेघराज भन्नुहुन्छ, “सहमतिका पक्षहरु कसैले पनि पछि हट्न मिल्दैन ।”

भद्रपुर–२ का वडाध्यक्षसुब्बाले ३५ दिनभित्रमा राहत उपलब्ध गराउने गरी निर्माण कम्पनीसहितको बैठक बसिरहेको बताउनुभयो । उहाँले केही कानूनी प्रक्रिया पूरा गर्न बाँकी रहेको बताउँदै सहमतिलाई अक्षरशः पालना गर्ने जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिले पनि राहत स्वरुप रु एक लाख सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]