३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पारित

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं ,३० श्रावण । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन समितिले पारित गरेको छ । शुक्रबार बसेको समितिको बैठकले वार्षिक प्रतिवेदन पारित गरेको हो ।

आर्थिक वर्षको अन्तिमसम्म पारित गरिसक्नु पर्ने भएपनि कोरोना महामारीका कारण प्रतिवेदन पारित हुन सकेको थिएन । समिति सभापति तारादेवी भट्टले कोभिड–१९ महामारी र समिति सभापतिहरुको कार्यकाल सकिएका कारण समयमै प्रतिवेदन पारित गर्न नसकिएको बताइन् । समितिको बैठक केही दिनका लागि स्थगित गरिएको जानकारी दिँदै उनले अवस्था सहज हुँदै गएपछि सरकारको निर्णयअनुसार आगामी बैठकको मिति तोकिने समेत जानकारी दिइन् ।

गत आर्थिक वर्षमा राष्ट्रिय गौरव तथा महत्वका आयोजनाहरुको अनुगमन गरी दिएका निर्देशनहरुको आंशिक रुपमा पालना भएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सडक जोखिम र दुर्घटना एवं जनधनको क्षति न्यूनिकरण गर्न लामो यात्रामा २ जना सवारी चालक राख्नुपर्ने, सवारी साधनमा परिचालक वा सहचालकको रुपमा बालश्रम निषेध गर्नुपर्ने, तोकिएको भाडादर देखिने गरी राख्नुपर्ने लगायतका विषयलाई कार्यमुलक बनाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएकोमा आंशिक रुपमा कार्यान्वयन भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सुपथ मूल्य पसललाई चाडपर्वको अतिरिक्त नियमित र दुर्गम क्षेत्रमा खाद्यान्नको मौज्दात तथा आपूर्ति व्यवस्थापनलाई गतिशिल बनाउने, कालोबजारी र कृत्रिम अभाव श्रृजना भएमा अबिलम्ब कारवाहीको प्रकृया अगाडि बढाउने उत्पादन मिति र उपभोग गर्न मिल्ने मिति लगायतका मूल्य टाँस गरी सामग्री बेचबिखन गर्ने सम्बन्धमा उद्योग मन्त्रालयलाई निर्देशनमा दिएकोमा सुधार भएको समितिले जनाएको छ ।

महामारीको समयमा सरकारलाई परीक्षण किट, आवश्यक उपकरण र सामग्री, स्वास्थ्यकर्मी, आइसोलेसन वार्ड, क्वारेन्टाइन जस्ता महत्वपूर्ण सुरक्षाका पक्षमा ध्यान दिन सरकारलाई निर्देशन दिएर महत्वपूर्ण भूमिका खेलेको छ । विकास र सुशासनका क्षेत्रमा कार्यसम्पादनको प्रभावकारीताका लागि कार्यगत समन्वय र एकताको अभाव रहेको समितिले बताएको छ । दिगो विकास र सुशासनको कार्यान्वयनमा प्रतिबद्धता अभाव रहेको र समितिका निर्णय कार्यान्वयनमा सरोकारवालाहरु उदासिनता लगायतका चुनौतीहरु रहेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यस्तैगरी प्रभावकारी कामका लागि भौतिक, प्राविधिक र वित्तिय स्रोत साधनको अभाव देखिएको समितिको भनाइ छ । कार्यसम्पादनका क्रममा देखिएको चुनौतीहरुको समाधानका लागि समितिका निर्देशनलाई बाध्यकारी रुपमा कार्यान्वयन योग्य बनाउन आवश्यक कानुनी, नीतिगत व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ । राज्यको सम्भाव्यता र जनशक्तिको क्षमता बीचको तालमेल मिलाउनुपर्ने, नीति तथा योजनाको प्राविधिक, वित्तिय, प्रमाणिक र कार्यान्वयनशिलताको पक्षमा जोड दिनुपर्नेमा समितिको जोड छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]