०६ फाल्गुण २०८२, बिहिबार
19-02-2026 , Thu
×

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

न्यूजमधेश सम्बादाता
सोल,३० श्रावण ।उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन्। छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौँ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरूले जनाएका छन् ।

बिहीबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनै पनि सहयोग स्वीकार नगर्ने जानकारी गराएका थिए। उनले सबै सीमा नाका बन्द गरिरहनुपर्नेमा पनि जोड दिनुभएको सरकारी सञ्चार माध्यमले शुक्रबार जनाएको छ ।

उत्तर कोरियाले कोरोनाभाइरसविरुद्ध आक्रामक रुपमा आफैँ लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरूको पुनर्निर्माण गर्ने कार्यलाई समेत तीव्रता दिएको उनले बताए ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रीपरिषद्का सदस्यहरूको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ । सर्वोच्च नेता उनले महत्त्वाकांक्षासहित गत वर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गरेका थिए।

तर कतिपय विज्ञहरूले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक सङ्कटमा पर्नसक्ने विश्लेषण गरेका छन् । बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिए ।

नेता उनले यसअघि गत जुलाई अन्त्यतिर पनि पूर्ण लकडाउन तथा सङ्कटकालको घोषणा गरेका थिए । त्यस बेला धेरै प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]